• २०८१ बैशाख १४ शुक्रबार

डा.केसीको स्वास्थ्य अवस्था थप जटिल

kharibot

काठमाडौँ  । अनसनको १७ औ दिन डा. गोविन्द केसीको स्वास्थ्य अवस्था थप जटिल बनेको छ । 



रातको २ बजे आसपास अचानक छातीमा असह्य पिडा र सास फेर्न गार्हो  भएपछि डा.केसीले सहयोगका लागि आग्रह गरेको उनको उपचारमा संलग्न डाक्टरहरुले बताएका छन् । सो अवस्थामा मेडिकल टिमले जाँच गर्दा, रगतमा अक्सिजनको मात्रा ६० , श्वासप्रश्वासको गति ४० र मुटुको गति १२० को हाराहारीमा पुगेको थियो ।



गएराति बाटै डा.केसीको इसिजिमा एक्टोपिक बिट्सहरु देखिन थालेको छ । रगतमा इलेक्ट्रोलाइट्सहरुको घटबढ भएपश्चात मुटुको चालमा परिवर्तन भइ यसकिसिमका एक्टोपिक बिट्सहरु देखिने उपचारमा संलग्न चिकित्सक बताउँछन् । 

यसरी मुटुको चाल परिवर्तन हुनु निकै नै खतराको संकेत हो, उपचारमा संलग्न चिकित्सक डा.धिरज गुरुङले बताए । यस किसिमका चालहरु आइरहेमा बिरामीको मुटु जुनकुनै बेला पनि बन्द हुनसक्छ ।

 

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका मेडिकल डाइरेक्टर डा.पुजन रोकायाका अनुसार अस्पतालले इमर्जेन्सी म्यानेजमेन्टका लागि उपकरण र औषधिहरु तयारी अवस्थामा राखेको भएतापनि डा.केसीलाइ सेप्सिस भएमा वा धड्कन बन्द भएर आइसियुमा राख्नुपर्ने अवस्था आएमा यहाँ भन्दा सुविधासम्पन्न सेन्टरमा रिफर गर्नुपर्ने हुनसक्छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै