• २०८१ बैशाख १७ सोमबार

एनएमबि बैंकको ११०औ शाखा सप्तरीको तिलाठीमा

kharibot

काठमाडौँ । एनएमबि बैंकले सप्तरीको तिलाठी गाउँपालिकामा ११०औ नयाँ शाखा सञ्चालनमा ल्याएको छ । 

नेपाल राष्ट्र बैंकले तोकेको समय सिमा भित्रै बैंकले देशका बिभिन्न स्थानिय प्रदेशहरुका गाउँपालिका, नगरपालिका तथा बैकिङ्ग पँहुचबाट टाढा रहेको स्थानहरुमा बैंकले तोकेको सम्पूर्ण नयाँ शाखाहरु खोलेको हो । यो शाखाको शुरुवात सँगै बैंकको कुल ११० शाखा ४ एक्टेन्सन काउन्टर ९६ एटिएम पुगेको छ । 

बैंकको भगिनी संस्था एनएमबि माइक्रो फाईनान्स्को ७५ शाखा संजाल समेत गरेर देशको सबै क्षेत्रमा सन्तुलित बैकिङ्ग पँहुच पुगेको छ भने यसले स्थानीयहरुको वित्तिय सहभागिता भई जीवन स्तर समेतमा साकारात्मक प्रभाब पर्ने र सरल बैकिङ्गको सबै वर्ग समुदायको पँहुच पुग्नेमा बैंक विश्वस्त रहेको बैंकबाट जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ  ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै