• २०८१ बैशाख १८ मंगलबार

जनप्रतिनिधि फलोअप काठमाडौँ महानगर वडा नम्बर ५ :  फोहोरमैलाको व्यवस्थापन प्रमुख समस्या  

kharibot

काठमाडौँ  ।  काठमाडौँ महानगरपालिकाका ३२ वडा मध्येको मझौला वडाको रुपमा  वडा नम्बर ५ रहेको छ । 

यस वडामा कालोपुल, ज्ञानेश्वर, बालमन्दिर , टंगाल, मालिगाउँ, हाँडिगाउँ,  भत्केकोपुल, बिशालनगर, पञ्चेधारा,भाटभटेनी , टंगाल  लगाएतका ठाउँहरु काठमाण्डौँ महानगरपालिका वडा नम्बर ५ भित्र पर्दछन्  ।

स्थानीय तहको निर्वाचनपछि  काठमाण्डौँ महानगरको पहिलो बोर्ड बैठकले महानगरभित्र विकास निर्वाणको कामलाई निरन्तरता दिन काठमाण्डौँ महानगरका ३२ वटा वडालाई ठूलो , मझौला र सानो गरेर  तीन क्याटागोरीमा  बिभाजन गरेको थियो , जस मध्ये  कामपा वडा नम्बर ५ मझौला वडामा परेको थियो । 

जहाँ  ठूलो वडालाई वार्षिक  २ करोड २५ लाख , कझौलालाई  एक करोड २५ लाख र सानो वडालाई  एक करोड ५ लाख दिने निर्णय गरेको थियो  । महानगरको यसै निर्णय अनुसार कामपा वडा नम्बर ५ लाई मझौला वडाको रुपमा एक करोड २५ लाख  रुपैयाँ छुट्याएको थियो भने , यो आर्थिक वर्षबाट यसलाई बढाएर २ करोड पुर्याइएको छ  । ३० हजार स्थायी जनसंख्या भएको यस वडामा ५७ सय ७५ मतदाताहरु रहेका छन्  ।

यस वडाका सबै जनप्रतिनिधिहरु नेपालीकाँग्रेसबाट  बिजयी भएका थिए । यस वडामा पुर्व मन्त्रिद्धय  सुनिल कुमार थापा र रमेशनाथ पाण्डे लगायतका ब्यक्तित्वहरु बस्दै आएका छन्  ।

यस वडाका वडा अध्यक्ष रमेश डंगोल रहेका छन्  । अन्य वडामा जस्तै यस वडामा पनी धेरै विकास निर्माणका  कामहरु भएका छन् । 

खरीबोटसँग कुरा गदै अध्यक्ष डंगोलले स्थानियको माग र आवश्यकताको आधारमा विकास निर्माणको काम गदै आएको बताए । काठमाण्डौँ महानगरपालिका वडा नम्बर ५ मा प्रमुख समस्याको रुपमा फोहोरमैला रहेको डंगोललको भनाई छ , उनले भने “ हाम्रो वडामा ठूलो समस्या भनेको फोहोरमैला हो , दैनिक २ टन फोहोर वडाबाट संकलन हुन्छ अरु खासै समस्या छैन्  । ”

फोहोर दैनिक रुपमा निश्कने भएकाले यसको ब्यवस्थापनको लागि समस्या भएको उनले बताए । फोहोर ब्यवस्थापनको लागि ३ वडा प्राईभेट कम्पनि र एक वडाबाट गरेर ४ कम्पनिले  फोहोर संकलन गरिरहेका छन् ।जस मध्ये प्राईभेट कम्पनिले हप्तामा २ पटक र वडाबाट दैनिक फोहोर संकलनको कार्य भईरहेको छ , तर पनी फोहोर ब्यवस्थापन गर्न नसकेको डंगोलको भनाई छ  ।

वडाबाट दैनिक २ टन संकलन गरिएको फोहोर मध्य नगरपालिकाले संकलन गरेको फोहोर दैनिक सिस्डोलमा लगेर फालेको र प्राईभेट कम्पनीले संकलन गरेको फोहोर कहाँ लगिएको छ , त्यो थाहा नभएको उनले भताए , भन्छन् “ महानगरले संकलन गरेको फोहोर दैनिक रुपमा नै सिस्डोल लगिएको छ , तर प्राईभेट कम्पनीले उठाएको फोहोर कहाँ लान्छन् थाहा छैन्  तर संकलन भएको फोहोर छानेर लान्छ । ”

वडामा बाटो, ढल, बत्तिलाई खासै समस्याको रुपमा नलिएको तर खानेपानी वडामा मात्र नभएर उपत्यकामा नै समस्या छ, जसले गर्दा फोहोरमैला बाहेकलाई समस्याको रुपमा नलिएको उनले बताए  ।बिगतको तुलनामा हाल वर्षायाममा ढलको समस्या नभएको उनले बताए । जनप्रतिनिधि आइसकेपछि ढलको काम धेरै सम्पन्न गरेको हुनाले ढलको समस्या नभएको हो उनले भने । 

त्यस्तै , वडा नम्बर ५ भरिमा नै ब्लक छाप्ने काम ७५ प्रतिशत , पिच ३५ प्रतिशत , ढल ६० प्रतिशत सम्पन्न भईसकेको ढंगोलले बताए । बिगतलाई फर्केर हेर्दा वर्तमान समयमा वडामा धेरै विकास निर्माणका काम सम्पन्न भएको छ तर फोहोरमैला व्यवस्थापनको लागि वडाबाट स्थानिय स्तरमा जनचेतना कार्यक्रम गदै आएको र आफ्नो ठाउँ आफै सफा बनाउँ भनेर लागि पर्नुको विकल्प नभएको उनले बताए , भन्छन् “ आफ्नो घरबाट निश्केको फोहोर र त्यसको व्यवस्थापनको लागि हामी आफै लागि पर्नुपर्छ  ।”
    
फोहोर ब्यवस्थापनको लागि रिसाइकलिन गरेर मल बनाउँने भनेर ९ लाख रुपैयाँ बराबरको डस्विन वितरण गरेको भएता पनि वास्तविक उपयोग नभएको उनले बताए ।  त्यसैले उनी भन्छन् जनचेतना बिना फोहोरका ब्यवस्थापन नहुने उनको ठम्याई छ  , भन्छन् “आफ्नो घरसंगै वरपर सफा राख्नुपर्छ र आफ्नो घरबाट निश्केको फोहोर बाहिर नफ्याली घरमा नै ब्यवस्थित गर्नुपर्छ भन्ने चेतना हुदैन् तब सम्म  फोहोर ब्यवस्थापन गर्न कठिन छ । ”त्यसैले आफ्नो घरबाट निश्केको फोहोरलाई बाहिर ल्याएर फाल्ने काम बन्द गर्नुपर्छ , उनले भने  ।

फोहोर जताततै फाल्नु हुन्न भन्ने जान्दा जान्दै पनी जथाभावी फोहोर गरेको अवस्था छ , जसले गर्दा समस्या अझ बढेको ढंगोललको भनाई छ । 

वडाबाट फोहोर ब्यवस्थापनको लागि जनचेतनामुलक कार्य संचालन भईरहेको उनले बताए । तर  अनुरोध संगसंगै जनचेतनामुलक कार्य गर्दागदै पनी फोहोर गरेको पाईएमा कानुन अनुसारनगद तथा जेल सम्मको सजाए हुने उनले बताए , भन्छन् “ अब वडा कडो रुपमा प्रस्तुत हुन्छ  । ”

एक वर्षको अवधिमा वडामा धेरै कामहरु सम्पन्न भएका छन् जस मध्ये १३ वडा सेक्टर छुट्याएर वडा सबै क्षेत्रमा छुनेगरि पिच , ढल, खानेपानी, लगाएत सबै विकास निर्माणको काम सम्पन्न भएको छ , तर सय प्रतिशत हैन् उनले भने । जस मध्ये भाटभटेनीमा  पिच,ढुङ्गेधारामा फुटपाथ निर्माण, बिशालनगरमा ढलान तथा ब्लक छपाई , रुद्रमती मार्गमा ढल र ब्लक , गौचरनमा पर्खाल, ढल तथा ब्लक छाप्ने काम सम्पन्न ,माली गाउँमा पिच, टंगालमा पचि र हाँडी गाउँमा ढल र ब्लक छाप्ने काम सम्पन्न भईसकेको छ । 

तर जेष्ठ नागरिक र बालबालिकाको क्षेत्रमा खासै काम नभएकाले अब त्यतापटि फोकस हुने उनको भनाई छ । जसको लागि , पार्क निर्माण अन्य दिर्घकालिन योजनामा जाने उनले बताए । 

कामपा वडा नम्बर ५ स्थित हाँडीगाउँ लिच्छिबिकालीन ऐतिहास भएको हुनाले यस वडाको सबै भन्दा महत्वपुर्ण कुरा भनेको सांस्कृतीक सम्पदा भएको हुनाले सम्पदामा दिर्घकालीन रुपमा केन्द्रित हुने योजना उनले सुनाए । धार्मिक हिसावले कुरा गर्दा यस वडामा बाह्ै महिना जात्रा हुन्छ  त्यसैले महागरका ३२ वडा  मध्ये ५ नम्बर वडा सांस्कृतीक सम्पदामा पृथक भएको अध्यक्ष डंगोल बताउँछन् , भन्छन्“मान्छे जिवनमा मान्नुपर्ने ३३ कोटी सबै देबिदेवताहरु , मन्दिर , पार्टीपौवा,  ऐतिहासिकपञ्चे धारा, ईनार र काठमाण्डौमै कहि नभएको ऐतिहासिक गहना पोखरी समेत यसै वडामा छ , त्यसैले यो वडा महानगरका ३२ वडा मध्यमा पृथक छ ” उनले भने  ।

तर २०७२ सालको भुकम्पपछि सम्पदा पूननिर्माणले गती लिन नसक्नुमा  उनको फरक धारणा छ भन्छन् पुननिर्माणको जिम्मा लिएको मान्छेले यहाँको बारेमा चासो र जिम्मेवारी भएर काम नगरेको उनको भनाई छ  ।पुरातत्व विभाग, काठमाण्डौँ महानगरपालिका समेत यहाँको खोजि र चासो नगरेको उनको भनाई छ  ।

त्यस्तै , सार्वजनीक जग्गा धेरै  र बिभाद समेत भएको वडाको रुपमा समेत यो वडा रहेको उनले बताए  ।यस वडामा २२ रोपनी सम्म सार्वजनीक जग्गा भएको उनले बताए । जस मध्ये केहि जग्गा वडाले लिईसकेको छ भने केहि बिवादको कारण लिन बाँकि रहेको उनले बताए  ।

कुनैले अदालतमा मुद्धा हालेको , कुनैले लालपुर्जा लिएको र कुनै जग्गा ब्यक्ति बिशेषले कब्जा गरको हुनाले सार्वजनीक जग्गा लिन सहज वातावरण नभएको उनको भनाई छ  ।

खुल्ला ठाउँको धेरै महत्व भएको कारण अतिक्रमण भएको जग्गा लिईसकेपछि पार्क, बगैँचा तथा सुन्दर हरियालीको रुपमा विकास गर्ने लक्ष्य उनको छ  ।

एक वर्षको समय वडा प्रमुखको रुपमा बिताएका डंगोल अब मास्टर प्लान सहित अगाडी बढ्ने बताउँछन् भन्छन् बुद्धिजिबीहरुको समिती बनाएको र समिती अन्तर्गत मुल समिती र ६ उपसमिती भित्र शिक्षा, स्वास्थ्य, संस्कृती सम्पदा,महिला विकास , मेलमिलाप तथा कानुन तथा निर्माण समिती बनाएको र समितीले दिएको रिपोर्ट अनुसार मास्टर प्लान सहित अगाडी बढ्ने उनले बताए । भन्छन् वडामा विकास निर्माणको काम मात्र नभएर वडालाई वास्तविक राम्रो र सुन्दर बनाउनको लागि हरेक कुरामा समन्वयकारी भुमिका हुनुपर्ने  उनले बताए । 

बिकेन्द्रिकरण भएन

काठमाण्डौँ महानगरमा भएको पैसा केन्द्रिकरण भएको हुनाले  एउटा मन्दिर बनाउँन नपुग्नेगरी वार्षिक रुपमा दिएको पैसाले विकास निर्माण गर्न सम्भव नभएको उनको भनाई छ भन्छन्“ पैसाको मामिलामा  महानगरमा बिकेन्द्रीकरण भएको छैन्  ।”

सामान्यत् सानो वडालाई ५ करोड , मझौलालाई ७ करोड र ठूलो वडालाई १० करोड दिए प्रत्येक वडालाई सोचे जस्तै गरी सम्बृद्ध बनाउन सकिने उनको भनाई छ  । भन्छन्“ पैसा नै कमि भएको कारण सोचे अनुरुप वडामा काम गर्न सकिएन महानगरले ५० प्रतिशत राखेर बाँकि ५० प्रतिशत वडालाई बाँड्दा पनि हुने हो उनले भने । 

देश संघीयतामा गयो , स्थानीयतहमा सिंह दरबारको अधिकार आयो भनिन्छ तर पैसा नै पुग्नेगरि अपाएपछि के को अधिकार आउनु उनले भने  त्यसै डंगोल भन्छन् “ आर्थिक पाटोमा अधिकार महसुस गरेको छैन् । ”

आर्थिक कारोबार सबै महानगरले गरेको र आफुहरु हस्तक्षेपमा चलेको उनको भनाई छ । आफै सन्तुष्टी नभएको अवस्थामा स्थानीयले तपाईको कामप्रती कस्तो प्रतीक्रिया दिएका छन् भन्दा डंगोल भन्छन् सबैले सकारात्मक नै प्रतीक्रिया दिएका छन्  । वडाबाट कुनै पनि बिरोधको काम नभएको र सुसासन समेत राम्रो भएकाले सबैले राम्रो मानेको उनले बताए ।

कतिपय ठाउँमा संबिधानले तोकेरै जनप्रतिनिधिले गर्न पाईन्छ भनेको ठाउँमा समेत मन्त्रालयले त्यो काम नगर्नु भनेर पत्र पठाएको छ , जस्ले गर्दा संक्रमण कालको अन्त्य नभए सम्म केहि लफडा भईरहन्छ उनले भने ।

त्यस्तै, घरायसी फोहोर ब्यवस्थापनको लागि महानगरले ल्याएको कौसि खेती समेत औचित्य नभएको उनको ठहर छ , भन्छन् यत्रो कृषि प्रधान देशमा कौसि खेतीको औचित्य छैन् । तरपनि २ जानको परिवारले कौसी खेती गर्दा तरकारी किन्नु पदैन् तर कृषि का मगर्न मानिसले तत्परता नदेखाउँने  र अल्छि मान्ने भएकाले सोचे अनुरुप नभएको उनको अनुभव छ  ।

वडामा जनचेतना, लागु औषध ,महिला सिपमुलक कार्यक्रम ,कानुन लगायतका धेरै कुरामा लालिम दिएको र ब्यवहारमा लागु गर्न आर्थिक समस्या भए वडाले सहयोग गर्छ भन्दा समेत म गरि खान्छु सहयोग गर्नुस् भनेर कोहि नआएको हुनाले यो सबै बालुवामा पानी हाले सरह भएको छ उनले भने  । सिप सिकेर आफैँले प्रयोग गर्न जान्ने भएता पनि ब्यवसायिकता दिन कोहि अग्रसर बनेर उनले भने  । 

महिला सशक्तिकरणको लागि वडाबाट ब्युटिपार्लर , बेकरी , सिलाईबुनाई , चप्पल बनाउँने लगाएतका  बिभिन्न लालिम प्रदान गरीयो तर ब्यवसायिकता भएन उनले भनेयस्तो भएपछि सोचे जस्तो कसरी हुन्छ  । तर पनि महिलाहरु आर्थिक रुपमा सम्पन्न बन्नेपर्छ भन्ने लाग्छ उनलाई । 

काठमाण्डौँ महानगरपालिका प्रमुख बिद्या सुन्दर शाक्यले घोषणा पत्र बनाए अनुरुप र काम गराई अनुसार मेयरसंग योजना नै नभएको उनको धाराणा छ , भन्छन् , मेयर संग पैसा हुँदाहुदै पनि  भिजन र प्लानिङ्ग भएन् उनले भने ,  त्यस्तै ठूलो काम गरेर हैन् सानै भएपनी जनताको मन जित्ने काम गरेको भए मेयर बिवादमा अनआउने उनको धाराणा छ , भन्छन् , जनताले देख्ने ३ काम ( सडक बत्ति, ट्राफिक लाईटको ब्यवस्था र रानीपोखरी लगाएतका सम्पदा पुन निर्माणमा बिवाद हुने काम नगरेको भए मात्र मेयरको बिरोध हुने थिएन मेयरसंग भिजन छैन् त्यसैले अली अलमलमा परेका छन् उनले भने ।

त्यस्तै निर्माण सम्पन्नको कार्य मेयरले अगाडी बढाउँनसकेन्न जुन अहिले अति आबश्यक छ । यति तला सम्मको लाई निर्माण सम्पन्न दिने भनेर तोके मात्र हुन्छ ,त्यहाँ कसैले चलखेल गर्न पाउँदैन् जुन कुरा जनताले चाहेका छन् त्यो भएन् उनले भने । 

५ नम्बर वडामा सुनको दरबार भएको बैलाशकुट भवन यसै वडामा रहेको बताईएको छ र जयदेवको राजा मुर्ति समेत फेला पारेको हुनाले  यस्तो ऐतिहासिक  ठाउँलाई सरकारले उपेक्षा गरेको छ । पुरातत्व ऐतिहासिक भएकाले यसको खोजी कार्यको लागि माथिबाटै बजेट छुट्याएको र अनुसन्धान गर्ने कुरा छ , यदि साँच्चै त्यस्तो भए पर्यटकको घुईचो लाग्छ उनले भने । 

नेपालको वास्तविक पहिचान नै पुरातात्विक  सम्पदाकोको संरक्षण गर्ने भएकाले यसमा लागि पर्नुपर्ने उनको धारणा छ  ।

    
    
    

    

    
    
    
    
    
    
    
    
    
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय