• २०८१ बैशाख १५ शनिबार

अस्पतालको श्ययामा छटपटाउँदै सनम

kharibot

फाइल तस्विर । 

इलाम / दुवै मिर्गौला काम नलाग्ने भएपछि इलाम नगरपालिका–८ का सनम तामाङ अस्पतालको श्ययामा छटपटाइरहेका छन् । २४ वर्षको उमेरमा दुवै मिर्गौला काम नलाग्ने स्थितिमा पुगेपछि उनी अहिले विराटनगरस्थित नोबेल हस्पिटलमा उपचाररत छन् । 

आर्थिक अवस्था एकदमै कमजोर भएकाले उपचारमा सहयोग गरिदिन परिवारले अपिल गरेका छन् । उनको उपचारका लागि अस्पतालले १५ लाख खर्च लाग्ने भनेपछि उनकी आमा हर्कमाया तामाङ चिन्तित छन् । “छोराको उपचारका लागि सहयोग जुटाउँदै हिँडिरहेकी छु”, हर्कमायाले भनिन , “छोराको उपचारका लागि मेरो र श्रीमान्को नाममा भएको १३ रोपनी जग्गा सकियो, अझै पनि ठीक भएको छैन ।” 

जग्गा बिक्री गरेर छोराको उपचार गरे पनि अझै निको भएको छैन दुखेसो पोख्दै हर्कमायाले भनिन , “बज्रपात पनि गरिबलाई मात्र पर्दाेरहेछ ।” उपचारका लागि स्थानीय सहकारी संस्थाबाट डेढ लाख रूपैयाँ ऋण लिइसकेको  छ सनमको परिवारले । ऋण माग्दा पनि अहिले कसैले नपत्याउने स्थितिमा पुगेको हर्कमाया बताउछिन । 

भक्तबहादुरका तीन भाइछोरा र दुई बहिनी छोरी छन् । सनम कान्छा हुन् । सनमकी श्रीमती पनि उनी बिरामी परेपछि परिवारसँग सम्पर्कविहीन छन् । श्रीमान्लाई अस्पताल लिएर गएकी बुहारी अस्पतालबाटै सम्पर्कविहीन भई हर्कमायाले भनिन । सनमलाई ११ दिनसम्म आइसियुमा राखिएको थियो । आइसियुमा राख्दा धेरै खर्च लाग्यो, ऋण तिर्ने कुनै उपाय छैन, आमा हर्कमायाले भनिन । परिवारले उपचारका लागि सहयोग गरिदिन आग्रह गर्दै राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय विराटनगरमा खाता नम्बर २२५००२१९१११० मा खाता  खोलेकी छिन। 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै