• २०८१ बैशाख १७ सोमबार

मौद्रिक नीतिको प्रभाव नेप्सेमा देखिएन, दुबै सुचक घटे 

kharibot

काठमाडौं  । नेपाल राष्ट्र बैंकले आज बुधवार आगामी आर्थिक बर्ष २०७५—०७६ को मौद्रिक नीति सार्वजनिक गरेको छ । तर यसको सकारात्मक प्रभाव नेप्सेमा भने पर्न सकेन । 

नेप्सेका दुबै सुचक आज घटेकाछन । नेप्से शुन्य दसमलव २९ अंकले घटेर १२ सय पाँच दसमलव ६४ बिन्दुमा झर्दा सेन्सिटिभ शुन्य दसमलव शुन्य आठ अंकले घटेर दुई सय ५३ दसमलव ९८ बिन्दुमा झरेको छ । 

नेप्सेमा आज एक सय ७१ वटा कम्पनीहरुको चार हजार सात सय ८३ वटा कारोवारमा १२ लाख ६७ हजार पाँच सय ३१ कित्ता सेयर खरिद बिक्री भएकाछन । उक्त परिमाणमा सेयर सेयर खरिद बिक्री हुंदा कारोवार रकम ४७ करोड ९५ लाख १४ हजार दुई सय ४८ रुपैयाँ पुगेको छ । 

आज नौ वटा समुहको कारोवार भएकोमा तीन वटा समुहको सुचक घटेकाछन भने छ वटाको बढेकाछन । आज घट्ने समुहमा परेको बाँणिज्य बैक समुहको सुचक एक दसमलव ८८ अंकले घटेर एक हजार १९ दसमलव ९७ बिन्दुमा झर्दा ११ करोड आठ लाख ४४ हजार रुपैयाँको सेयर खरिद बिक्री भएको छ । होटल र उत्पादमुलक समुहको सुचक पनि आज घटेकाछन । 

बिकास बैक समुहको सुचक भने आज तीन दसमलव चार अंंकले बढेर १४ सय २० दसमलव ६९ बिन्दुमा चढ्दा एक करोड १८ लाख  ९२ हजार छ सय रुपैयाँको सेयर खरिद बिक्री भएको छ । जलबिद्युत समुहको सुचक दुई दसमलव सात अंकले बढेर १४ सय ५८ दसमलव ८२ बिन्दुमा चढ्दा एक करोड ५२ लाख ४६ हजार पाँच सय रुपैयाँको सेयर खरिद बिक्री भएको छ । यि बाहेक बीमा फाईनान्स, अन्य र लघुबित्त समुहको सुचक पनि बढेकाछन । 

आज बढी कमाउने कम्पनीको सुचीमा परेको एनएमबी माईक्रो फाईनान्सको बित्तीय संस्थाको सेयर मुल्य १० रुपैयाँले बढेर १५ सय ४० रुपैयाँमा कारोवार भएको छ । गुमाउने कम्पनीको सुचीमा अग्रस्थानमा परेको एभरेष्ट बैंकको कन्र्भटेवल प्रिफरेन्सका सेयर मुल्य पाँच रुपैयाँ ६५ पैसाले घटेर छ सय १७ रुपैयाँमा कारोवार भएको छ । 

रकम कारोवारका आधारमा अग्रस्थानमा परेको प्राइम लाईफ इन्स्योरेन्स कम्पनीको संस्थापक सेयरतर्फ तीन रुपैयाँ अन्तिम मुल्यमा १० करोड ७२ लाख ४२ हजार आठ सय रुपैयाँको कारोवार भएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै