• २०८१ बैशाख १५ शनिबार

क्रिस्टियानो रोनाल्डोले रियल म्याड्रिड छोडे, इटालियन क्लब युभेन्टससँग गरे सम्झौता

kharibot

काठमाडौँ । क्रिस्टियानो रोनाल्डोले रियल म्याड्रिड  क्लब छोडेका छन् । रोनाल्डोले रियल छोडेर इटालियन क्लब युभेन्टससँग नयाँ सम्झौता गरेका छन् ।

रियल म्याड्रिडले आफ्ना प्रमुख खेलाडी रोनाल्डोले युभेन्टससँग नयाँ सम्झौता गरेको जानकारी दिएको छ । क्लबले एक विज्ञप्ति प्रकाशित गर्दै रोनाल्डोले रियल म्याड्रिडमा हुदा क्लबको इतिहासमै उत्कृष्ट फुटबल खेलेको उल्लेख गरेको छ । रोनाल्डोले पनि रियल म्यदरी लाई धन्यवाद दिदै मेरो जीवनको सबैभन्दा खुशीका क्षण रियल म्याड्रिडमा बिताएको बताएका छन् ।

रोनाल्डोले आफ्नो जीवनको नयाँ चुनौतिका लागि आफु युभेन्ट्स गएको बताउदै आफ्ना फ्यानहरुलाई आफुलाई बुझ्न आग्रह गरेका छन् ।

सन् २००९ मा म्यान्चेस्टर युनाइटेडबाट रियल आएका रोनाल्डोले रियल म्याड्रिडका लागि कुल ४३८ खेलमा ४५० गोल गरेका छन् । रियलमा ९ बर्ष रहदा रोनाल्डोले चार च्याम्पियन्स लिग ३ फिफा क्लब विश्वकप, २ ला लिगा, २ कोपा डेल रे, २ सुपर कोपा र २ युइएफए सुपर कोपाको उपाधि गरि कुल १५ उपाधि जितेका छन् ।   

यसअघि रोनाल्डो आउने मिडिया रिपोर्ट आएपछि इटालियन सेयर बजारमा युभेन्टसको सेयर बढेको थियो । मिडिया रिपोर्टका अनुसार गत विहिबार ११.१९ प्रतिशतले युभेन्टसको सेयर बढेको थियो भने शुक्रबार ७ प्रतिशतले बढेको थियो ।  

मिडिया रिपोर्ट अनुसार रोनाल्डोलाई युभेन्टसले ८८ मिलियन पाउण्ड तिरेर भित्राएको छ । २००९ मा रेकर्ड ट्रान्सफर शुल्कमा म्यान्चेस्टर युनाइटेडबाट रियल म्याड्रिड आएका रोनाल्डोलाई युभेन्टसले चार बर्षका लागि प्रति साता ५ लाख पाउण्ड पारिश्रमिकमा सम्झौता भएको बताइएको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै