• २०८१ बैशाख १४ शुक्रबार

गंगामायाका छोराका हत्या आरोपी छविलाल पौडेल पक्राउ

kharibot

काठमाडौँ । गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्या आरोपी छविलाल पौडेललाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले सर्वोच्च अदालतको आदेशअनुसार पौडेललाई पक्रेर डिल्लीबजार कारागार चलान गरिएको जनाएको छ ।

२०७२ पुसमा न्यायाधीश गिरिशचन्द्र लाल र दीपकराज जोशीको इजलासले पुनरावेदनको आदेश बदर गर्दै  पौडेलमा थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको थियो । सोही आदेश अनुसार प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ।

त्यसअघि जिल्ला अदालत चितवनले पौडेललाई धरौटीमा रिहा गर्न आदेश दिएको र पुनरावेदन अदालत हेटौंडाले पनि जिल्ला अदालतको फैसला सदर गरिदिएको थियो । तर अधिकारीका परिवारले पुनरावेदनको फैसलाविरूद्ध सर्वोच्चमा रिट हालेका थिए ।

छोराका हत्यारालाई कारबाही गर्नुपर्ने माग गर्दै कृष्णप्रसादकी आमा गंगामाया अधिकारी वीर अस्पतालमा अनसन बसिरहेकी छन्।

यसअघि सोही माग गर्दै अनसन बसेका कृष्णप्रसादका बुवा नन्दप्रसादको अनसनकै क्रममा निधन भएको थियो । उनको अहिलेसम्म पनि अन्तिम संस्कार गरिएको छैन भने उनको शव शिक्षण अस्पताल महाराजगंजमा रहेको छ ।   
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै