• २०८१ बैशाख १५ शनिबार

डा.केसीको स्वास्थ्य जटिल बन्दै, औषधि लिन मानेनन्  

kharibot

काठमाडौं । जुम्लामा अनशनरत डा गोविन्द केसीको स्वास्थ्य अवस्था अनसनको नवौ दिन पुग्दा जटिल बन्दै गएको छ ।

हाल डा. केसीको विशेष केयर यूनिटमा राखि मनिटरिङ गरिरहेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् । उनलाई नर्मल सलाइन पानी र आवश्यकता अनुसार अक्सिजन दिइरहेको भएपनि डा केसीको रगतमा अक्सिजनको मात्र कम देखिएको र सेता रक्तकोषिकाहरु घट्दो क्रममा रहेकाले जुनसुकै बेला पनि गम्भीर संक्रमण हुने खतरा देखिएको चिकित्सकहरुले बताएका छन् । 

त्यस्तै डा केसीले अन्य औषधि लिन नमानेकाले उपचारमा कठिनाइ भएको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् । डा प्रवीणकुमार गिरी, डा धीरज गुरुङ र डा सिद्धार्थ खातीले डा केसीको उपचार गरिरहेका छन् । '

डा.केसीको शरीरमा कमजोरीपनले गर्दा शिथिलता देखिएको छ भने मासु बाउँडिने, जिउ दुख्ने समस्या बढिरहेको, यसका साथै रक्तचाप क्रमश: घट्दो क्रममा छ भने पिसाबमा क्रियोटिनाइन पनि बढी रहेको छ । उनको शरीरमा ग्लुकोजको आवश्यकता भए पनि उपचारका क्रममा ग्लुकोजसमेत लिन मानेका छैनन् । 

प्राविधिक कारणले अन्य उपचारहरु गर्न नसकेकोले भोली सम्पूर्ण उपचार गर्ने उनीहरुले बताएका छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै