• २०८१ बैशाख १४ शुक्रबार

ट्रम्प र पुटिनबीच जुलाइमै भेटवार्ता हुने

kharibot

रासस/एएफपी

मस्को / अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच यही जुलाइमा भेटवार्ता हुने भएको छ ।

उहाँहरुबीचको वार्ता यही जुलाई १६ मा फिनल्याण्डको हेल्सीन्कीमा हुने भएको अधिकारीले बताएका छन् । 

लामो समयदेखि प्रतिक्षा गरिएको उहाँहरूको शिखर वार्ताको बारेमा रूसी प्रमुख प्रशासनिक केन्द्र क्रेमलिनले बिहीबार सार्वजनिक गरेको वक्तव्यमा जनाइएको छ । 

राष्ट्रपति ट्रम्प र पुटिनसँगको परामर्शबाट उहाँहरूको शिखर वार्ताको बारेमा सहमति गरी निर्णय भएको उल्लेख गरिएको छ । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उहाँका रुसी समकक्षी भ्यादिमिर पुटिन जुलाई १६ मा हेल्सिन्कीमा भेटवार्ता गर्न लाग्नुभएको क्रेमलिनले जानकारी दिएको हो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै