• २०८१ बैशाख १७ सोमबार

कृषि विकास बैंकमा पूर्ण रुपमा इन्टरनेट बैकिङ्ग सेवा संचालन

kharibot

काठमाडौँ । कृषि विकास बैंकका सेवाग्राहीलाई इन्टरनेट बैकिङ्ग सेवा उपलव्ध गराउने अभिप्रायले कृषि विकास बैंक र एफवान सफट इन्टरनेसनलबीच सम्झौता भएको छ । 

उक्त सम्झौता पश्चात संस्थागत सेवाग्राही र व्यक्तिगत सेवाग्राही दुवै पूर्ण रुपमा लाभान्वित हुंदै उल्लेखित सेवाहरु स्यालरी अपलोड, इम्प्लोई म्यानेजमेन्ट, इन्टर बैंक फण्ड ट्रान्सफर, बल्क अपलोड, चेक बुक रिक्वेस्ट, मर्चेन्ट पेमेन्ट, स्टेटमेन्ट भ्यु, अनलाइन रजिस्ट्रेसन जस्ता थुप्रै सेवाहरु उपलव्ध हुनेछन । 

उक्त सम्झौतामा कृषि विकास बैंक लि.का तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत लिला प्रकाश सिटौला र एफवान सफट इन्टरनेसनलको तर्फबाट प्रमुख कार्यकारी अधिकृतसुवास शर्माले हस्ताक्षर गरेका छन् । 

सो अवसरमा कृषि विकास बैंक लि.का उप–महाप्रबन्धकहरु पूर्ण प्रसाद आचार्य, प्रताप सुवेदी, अरुण कुमार ढुगांना , सूचना प्रविधि विभागका विभागीय प्रमुख डिल्ली प्रसाद चौधरी, इं बैकिङ्ग विभागका विभागिय प्रमुख बासु अधिकारी , बजार तथा शाखा व्यवस्थापन विभागका विभागीय प्रमुख सुदिप दाहाल,  बैंकका प्रबक्ता हिमलाल पौडेल, इं बैकिङ्ग विभागका  शाखा प्रमुख भोला नेपाल त्यसैगरी सामान्य सेवा विभागका शाखा प्रमुख अहिल्या अमात्य  र शा.अ.तारा न्यौपाने समेतको उपस्थिती थियो । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै