• २०८१ बैशाख १७ सोमबार

फ्रान्स विश्वकपको दोस्रो चरणमा, पेरु बाहिरियो

kharibot

काठमाडौँ । फ्रान्सले दोस्रो खेलमा जित हासिल गर्दै विश्वकपको दोस्रो चरणमा प्रवेश गरेको छ । 

विहिबार भएको खेलमा दक्षिण अमेरिकी देश पेरुलाई १-० गोल अन्तरले पराजित गर्दै ६ अंक हासिल गर्दै विश्वकपको दोस्रो चरणमा आफ्नो स्थान सुरक्षित गरेको हो ।

फ्रान्सले यो जितसँगै विश्वकपमा दक्षिण अमेरिकी देशसँग आठौ पटक अपराजित भएको छ । फ्रान्सले अहिलेसम दक्षिण अमेरिकी देशसँग विश्वकपमा ४ जित र ४ बराबरी खेलेको छ ।  फ्रान्स यो जितसँगै समुहमा २ खेलमा ६ अंक सहित दोस्रो चरणमा प्रवेश गरेको छ भने पेरु भने २ खेलमा पराजित हुदै विश्वकपबाट बाहिरिएको छ ।

समुह सीमा डेनमार्क ४ अंक सहित दोस्रो स्थानमा छ भने अस्ट्रेलिया एक अंक सहित तेस्रो स्थानमा रहेको छ । यस समुहबाट दोस्रो चरणमा जाने दोस्रो टिमको टुंगो भने अन्तिम खेलबाट लाग्ने भएको छ ।

फ्रान्स विश्वकपको दोस्रो चरणमा पुग्ने तेस्रो टिम बनेको छ । यसअघि रसिया र उरुग्वे विश्वकपको दोस्रो चरणमा पुगिसकेका छन् ।

किलियन एम्बाप्पेले खेलको ३४औ मिनेटमा खेलको एकमात्र गोल गरेका थिए । फ्रान्सका गोलकर्ता एमबाप्पेले गोल गर्दै नयाँ रेकर्ड पनि बनाएका छन् । एमबाप्पे फ्रान्सले १९९८ मा विश्वकप जितेपछि जन्मिएर विश्वकप गोल गर्ने पहिलो खेलाडी बनेका छन् । 

त्यस्तै उनि फ्रान्सका लागि विश्वकपमा गोल गर्ने अहिलेसम्मकै युवा खेलाडी बनेका छन् । उनी हाल १९ बर्ष ६ महिनाका भएका छन् । फ्रान्सको लागि यसअघि थियरी हेनरी र ट्रजुगुयट्सले २० बर्षको उमेरमा विश्वकपमा गोल गरेका थिए ।

विश्वकपमा सबैभन्दा कम उमेरमा गोल गर्ने रेकर्ड भने ब्राजिलका महान खेलाडी पेलेको नाममा रहेको छ । पेलेले १७ बर्ष २३९ दिनको हुदा सन १९५८ को विश्वकपमा वेल्सविरुद्ध गोल गरेका थिए ।   
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै