• २०८१ बैशाख १७ सोमबार

नेप्सेमा झिनो अंकले सुधार, पाँच वटा समुहले कमाउँदा पाँचले वटाले गुमाए  

kharibot

काठमाडौ । साताको अन्तिम कारोवार दिन आज बिहिबार नेप्सेमा झिनो अंकले सुधार देखिएको छ ।

नेप्से  शुन्य दसमलव ६२ अंकले बढेर १२ सय १८ दसमलव ४६ बिन्दुमा चढ्दा सेन्सिटिभ शुन्य दसमलव १२ अंकले बढेर दुई सय ५५ दसमलव ७५ बिन्दुमा चढेको छ । 

एक सय ६३ कमपनीहरुको तीन हजार पाँच सय १३ वटा कारोवारमा छ लाख २३ हजार दुई सय ११ कित्ता सेयर खरिद बिक्री भएकाछन । उक्त परिमाणमा सेयर खरिद बिक्री हुँदा करोवार रकम १९ करोड ६६ लाख १४ हजार एक सय ५२ रुपैयाँ पुगेको छ । 

नेप्सेमा आज १० वटा समुहको कारोवार हुँदा पाँच वटा समुहको कारोवार सुचक बढेर हरियो देखिएपनि पाँच वटाको भने घटेर रातै देखिएको छ । 

बाँणिव्य बैक समुहको सुचक शुन्य दसमलव ३४ अंकले बढेर एक हजार २९ दसमलव २३ बिन्दुमा चढेकोमा छ करोड ९३ लाख ५४ हजार तीन सय रुपैयाँको सेयर खरिद बिक्री छ ।

जलबिद्युत समुहको सुचक पनि शुन्य दसमलव ५४ अंकले बढेर १५ सय १० दसमलव ६६ बिन्दुमा चढेकोमा एक करोड दुई लाख पाँच हजार दुई सय रुपैयाँको सेयर खरिद बिक्री भएको छ । 

यसैगरी बीमा समुहको सुचक आज सात दसमलव ३८ अंकले बढेर छ हजार एक सय ७५ दसमलवल ७४ बिन्दुमा चढेकोमा तीन करोड ५० लाख ३५ हजार तीन सय रुपैयाँको सेयर खरिद बिक्री भएको छ । फाईनान्स र होटल समुहको सुचकपनि आज सामान्य अंकले बढेकाछन । उच्च अंकले घटेको होटल समुहको सुचक भने आज ६४ दसमलव ९७ अंकले घटेर १८ सय ४८ दसमलव ६९ बिन्दुमा झरेकोमा ११ लाख ५१ हजार एक सय ८० रुपैयाँको सेयर खरिद बिक्री भएको छ ।

यि बाहेक बिकास बैक, ट्रेडिङ, उत्पादनमुलक र लघुबित्त समुहको सुचक पनि आज घटेकाछन । 

आज बढी कमाउने कम्पनीको सुचीमा परेको आरम्भ माईक्रो फाईनान्सको प्रतिकित्ता सेयर मुल्य सात रुपैयाँ पाँच पैसाले बढेर चार सय १० रुपैयाँमा कारोवार भएको छ भने बढी गुमाउने कम्पनीको सुचीमा परेको नेपाल हाईड्रो डेभलर्पस कम्पनीको सेयर मुल्य नौ रुपैयाँ ८७ पैसाले घटेर दुई सय १९ रुपैयाँमा कारोवार भएको छ ।

रकम कारोवारका आधारमा अग्रस्थानमा परेको नबिल बैकको संस्थापक सेयरतर्फ प्रतिकित्ता सात सय ३१ रुपैयाँमा २३ लाख २९ हजार एक सय ८२ रुपैयाँमा कारोवार भएको छ ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै