काठमाडौँ । विश्वकप खेलमा सहभागी हुन रुसको शहर रोस्तोभ–अन–डोन जाँदै गरेका साउदी अरेबियाका खेलाडी चढेको विमानमा आगलागी भएको छ ।
विश्वकपमा उरुग्वेसँगको खेलका लागि रूस जान विमानमा सवार खेलाडी तथा खेल पदाधिकारी भने सुरक्षित रहेको जनाइएको छ ।
साउदी नेशनल टिमको ट्विटरमा जनाइए अनुसार विमानको इन्जिनमा आगलागी भएको थियाे । तर सबै खेलाडीहरू सुरक्षित रूपमा रूस पुगिसकेको जनाइएको छ ।
साउदी अरेबियाले बुधबार हुने आफ्नो दोस्रो खेलमा उरुग्वेसँग खेल्ने कार्यतालिका रहेको छ । समूह ए मा रहेको साउदी उद्घाटन खेलमा आयोजक रसियासँग ५-० गोल अन्तरले पराजित भएको थियो ।