काठमाडौँ । विश्वकप फुटबल अर्न्तगत आइतबार भएको खेलमा सर्बियाले कोष्टारिकालाई पराजित गरेको छ । समुह इ अन्तर्गत आइतबार भएको खेलमा सर्बियाले १-० गोल अन्तरले पराजित गरेको हो ।
सर्बियाको जितमा खेलको एक मात्र गोल अलेक्जेन्डर कोलारोभले गरेका थिए । खेलको ५६औ मिनेटमा कोलारोभले सुन्दर फ्री-किक मार्फत गोल गरेका थिए । प्रिमियर लिग क्लब म्यान्चेस्टर सिटीका पुर्व खेलाडी र हाल एएस रोमाका खेलाडी कोलारोभको सो गोल्नै खेलको निर्णायक गोल बनेको थियो ।
समुह इ मा सर्बियाले यो जितसँगै अंक हासिल गर्दै शिर्ष स्थानमा रहेको छ । यस समुहमा रहेका ब्राजिल र स्विटजरल्याण्डबीच आज राती खेल हुदै छ ।