• २०८१ बैशाख २३ आइतबार

विश्वकप प्रिभ्यु : डिफेन्डिङ च्याम्पियन जर्मनी आज मेक्सिकोसँग भिड्दै 

kharibot

काठमाडौँ । विश्वकपको समुह एफमा रहेको डिफेन्डिङ च्याम्पियन जर्मनीले आज यस विश्वकपको आफ्नो पहिलो खेल मेक्सिकोविरुद्ध खेल्दै छ । नेपाली समय अनुसार ८:४५ मा हुने यो खेल निकै रोचक हुने अनुमान गर्न सकिन्छ ।

१९५३, १९७४, १९९० र २०१४ को च्याम्पियन जर्मनीले अहिलेसम्म विश्वकपमा क्वाटरफाइनलसम्म मात्र पुगेको मेक्सिकोसँग प्रतिष्पर्धा गर्न हुन लागेको हो । तुलनात्मक रुपमा जर्मनी निकै बलियो टिम रहेपनि पछिल्ला खेलहरुमा जर्मनीले आफ्नो उत्कृष्ट लय भने देखाउन सकेको छैन । यता मेक्सिकोले पनि विश्वकप तयारी खेलका दुई खेलमा एक मा जित र एकमा हार बेहोरेको थियो । अन्तिम खेलमा मेक्सिको डेनमार्कसँग २-० ले पराजित भएको थियो । भने जर्मनीले भने साउदी अरबसँग संघर्षपूर्ण जित हासिल गरेको थियो ।  

जर्मनी र मेक्सिकोले अहिलेसम्म ११ पटक एक अर्कासँग खेलेका छन् । जसमा ६ खेल जर्मनीले जितेको छ भने ४ खेलमा बराबरीमा सकिएको छ र एक खेल मात्र मेक्सिकोले जितेको छ।

जर्मनीका लागि थोमस मुलर प्रमुख खेलाडी हुन् । उनले जर्मनीको राष्ट्रिय टिमका लागि ९१ खेल खेल्दै ३८ गोल गरेका छन् भने विश्वकपमा १० गोल गरिसकेका छन् । त्यस्तै यस टिममा गोल किपर म्यानुअल नेउर,  प्लेमेकर टोनी क्रुज, मेसुट ओजिल र मार्को रेकसजस्ता उत्कृष्ट खेलाडी रहेका छन् ।

जर्मनी अहिलेसम्म ८ पटक विश्वकपको फाइनलमा पुगेको छ भने ४ पटक उपाधि जितेको छ । त्यस्तै चार पटक सेमिफाइनलमा रोकिएको छ भने ३ पटक तेस्रो र एक पटक चौथो भएको छ ।

सन् १९३४ मा इटालीमा भएको दोस्रो विश्वकपदेखि सहभागिता जनाउँदै आएको जर्मनीले यस विश्वकपमा उपाधि जिते ब्राजिलको ५ पटक विश्वकप जित्ने रेकर्डको बराबरी गर्ने छ ।
यता मेक्सिको भने १६औं पटक विश्वकपमा सहभागिता जनाउदै छ । यस अघि २ पटक विश्वकपको क्वाटरफाइनलसम्म पुगेको मेक्सिको २०१४ को विश्वकपमा दोस्रो चरणमा पुगेर बाहिरिएको थियो । मेक्सिकोमा जाभियर हर्नानडेज प्रमुख खेलाडी हुन् । उनले मेक्सिकोका लागि सय खेलमा ४९ गोल गरेका छन् भने उनले विश्वकपमा ३ गोल गरेका छन् । 

जर्मनी टिम :

गोलकिपर – म्यानुयल नोया, मार्क-आन्द्रे टेर स्टेघन
डिफेन्डर – म्याट हमेल्स, जोसुवा किमिच, एन्टोनियो रुडिगर, निक्लास सुले, माथियास गिन्टर, जेरोम बोअेटाङ, मार्भिन प्लाटेनहार्ड्ट, जोनास हेक्टर
मिडफिल्डर : मेसुट ओजिल, , टोनी क्रुज, जुलियन ब्रान्ड्ट, जुलियन ड्राक्सलर, सामि खेडिराज, इक्ले गुन्डोगन, लियोन गोरेट्जका, सेबास्टियन रुडि
फरवार्ड : थोमस मुलर, मार्को रोयस, मारियो गोमेज, टिमो वेर्नर

मेक्सिको टिम :

गोलकिपर : ग्युलिर्मो ओचोआ, अल्फ्रेड तलाभेरा, जेसुस कोरोना
डिफेन्डरः कार्लोस सल्सेडो, हेक्टर मोरेनो, ह्युगो अयला, इड्सन अल्भारेज, जेसुस गेलार्डो र मिग्युल ल्यायुन, राफेल माक्यूज
मिड्फिल्डरः हेक्टर हेरेरा, जोनाथन डोस सान्तोष, ग्योभानी डोस सान्तोष, आन्ड्रेस गार्डाडो, जाभियर अक्युनो, इरिक गुटिएररेज, मार्को फाबियन 
फरवार्डः कार्लोस भेला, जाभिएर हेर्नान्डेज, राउल जिमिनेज, जेसस कोरोना, ओरिबे पेराल्टा, हिर्भिइङ लोजानो


 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै