काठमाडौँ । आफ्नो पहिलो अन्तर्राष्ट्रिय टेस्ट क्रिकेट खेलिरहेको अफगानिस्तान पहिलो पारीमा १०९ रनमा अल आउट हुदै टेस्ट खेल हार्ने खतरा बढेको छ ।
पहिला ब्याटिंग गरेको भारतलाई ४७४ रनमा अल आउट गरेको अफगानिस्तान भने केबल २७.५ ओभर मात्र खेल्दै १०९ रन बनाएर अल आउट हुदै फलो अनमा परेको छ ।अफगानिस्तान भारतले पहिलो पारीमा बनाएको ४७४ रनको आधारमा अझै ३६५ रनले पछाडी रहेको छ ।
आफ्नो पहिलो टेस्टमा अफगानिस्तानका लागि मोहमद नाबीले सर्वाधिक २४ रन बनाए भने मुजीब उर रहमानले १५, मोहमद सिराज र रहमत शाहले १४-१४ रन बनाएका थिए ।
अफगानिस्तानलाई सस्तैमा आउट गर्ने क्रममा भारतका आर आश्विनले सर्वाधिक ४ विकेट लिएका थिए भने इशान्त शर्मा र रविन्द्र जडेजाले २-२ विकेट लिए भने एक विकेट उमेश यादवले लिएका थिए । अफगानिस्तानको एक विकेट रन आउटको रुपमा खसेको थियो ।
यसअघि विहिबारदेखि सुरु भएको ऐतिहासिक टेस्टमा भारत टस जितेर पहिला ब्याटिंग गर्दै दोस्रो दिनको लन्च अगाडी ४७४ रन बनाउदै अलआउट भएको थियो ।
भारतका लागि ओपनर शिखर धवन र मुरली विजयले सेन्चुरी हानेका थिए । शिखर धवनले १०७ र मुरली विजयले १०५ रन बनाएका थिए । त्यस्तै हार्दिक पाण्डेयले ७१, केएल राहुलले ५४, र चैतेश्वर पुजाराले ३५ रन बनाएका थिए ।
अफगानिस्तानका बलर यामिन अहमदजैले सर्वाधिक ३ विकेट लिए भने राशिद खान र वफादारले २-२ विकेट लिएका थिए । त्यस्तै मोहमद नाबी र मुजीब उर रहमानले एक एक विकेट लिएका थिए ।
केहीबेरमा अफगानिस्तानले आफ्नो ब्याटिंगको पहिलो पारी सुरु गर्दै छ । गतबर्षको जुनमा आसीसीले टेस्ट मान्यता दिएको अफगानिस्तानले आफ्नो पहिलो ऐतिहासिक टेस्ट भारतविरुद्ध अहिले आएर खेल्दै छ ।