• २०८१ बैशाख १४ शुक्रबार

विराटनगरमा बसको छतबाट लडेर सहचालकको मृत्यु

kharibot

विराटनगर / विराटनगर–८ स्थित हाटखोला बसपार्कमा पार्किङ गरी राखिएको बसको छतबाट खसेर आज बिहान एक सहचालकको मृत्यु भएको छ । 

मोरङको ग्रामथान–७ बस्ने २५ वर्षीय सजन ऋषिदेवको मृत्यु भएको हाटखोलास्थित वडा प्रहरी कार्यालयले जनाएको छ । 

को१ख २१०३ नंको बसको छतमा बुधबार राति सुतेका उनी अचानक छतबाट लडेर गम्भीर घाइते भएका थिए । विराटनगरस्थित कोशी अञ्चल अस्पतालमा भर्ना गरिएपछि उनको उपचारका क्रममा मृत्यु भएको हो । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै