• २०८१ बैशाख १७ सोमबार

विश्वकप प्रिभ्यु : रसियाको घरेलु मैदानमा साउदी अरबको चुनौती, को छ बलियो ? 

kharibot

काठमाडौँ । विश्वकप फुटबल पहिलो खेल आज नेपाली समय अनुसार साँझ ८:४५ बजे देखि सुरु हुदै छ । पहिलो खेलमा आयोजक रसिया र एशियाली देश साउदी अरेबियाबीच भिडन्त हुदै छ । 

विश्वकपको समुह ए मा रहेका यी दुई टिममा पहिलो खेलमा जित हासिल गरेर विश्वकपको सुखद सुरुवात गर्न चाहन्छन् । आयोजकको हिसाबले रसिया बलियो देखिए पनि साउदीले कडा चुनौती दिने कुरामा कुनै शंका छैन । साउदीले पछिल्लो खेलमा जर्मनीविरुद्ध खेलेको खेलबाट धेरै लाई प्रभावित पारेको छ ।

त्यस्तै विश्वकपमा आयोजक टिमले उद्घाटन खेल अहिलेसम्म हारेका छैनन्, रसियालाई यस रेकर्डलाई कायम राख्ने चुनौती पनि रहेको छ । यस अघि १९७० को विश्वकप सोभियत युनियनले आयोजना गर्दा खेलेको उद्घाटन खेलमा मेक्सिकोसँग बिना कुनै गोल बराबरीमा रोकिएको थियो ।

रसियाले १९९० अगाडी सोभियत युनियनको नामबाट विश्वकपमा ७ पटक भाग लिएको छ भने त्यसपछि १९९४, २००२, २०१४ र यस पटक आयोजकको रुपमा गरि चौथो पटक विश्वकपमा सहभागी हुदै छ ।

त्यसै गरि साउदी अरेबिया भने पाचौ पटक विश्वकपमा सहभागी हुदै छ  यस आघि १९९४, १९९८, २००२ र २००६ मा विश्वकप खेलेको साउदी १९९४ मा अन्तिम १६ मा पुगेको नै अहिलेसम्मको विश्वकपको उत्कृष्ट प्रदर्शन हो ।  

रसिया : 

रसिया हाल फिफा वरियतामा ७०औ स्थानमा रहेको छ । यस अघिका विश्वकपमा समुह चरणभन्दा अगाडी पुग्न नसकेको रसिया यस पटक घरेलु मैदानमा खेल्ने भएका कारण दोस्रो समुहमा पुग्ने विस्वास गरिए पनि टिम त्यति बलियो भने मानिएको छैन । 

रसियाका पुर्वखेलाडी स्टेनस्लभ चेरचेसोभ म्यानेजर रहेको रसियालाई यस विश्वकपमा घरेलु दर्शकको दबाबका बीच राम्रो प्रदर्शन गर्नुपर्ने अतिरिक्त दबाब रहेको छ । विश्वकपको इतिहासमा अहिलेसम्म २०१० को आयोजक दक्षिण अफ्रीकामात्र समुह चरणबाट बाहिरिएको थियो भने रसिया दोस्रो टिम हुन् अवश्य चाहदैन । 

रसिया टिमका प्रमुख खेलाडीको कुरा गर्दा गोल किपर इगोर अकिनफीभ रहेका छन् । ३२ बर्षिय गोलकिपर इगोर टिमका कप्तान पनि हुन् । उनले मैत्रीपूर्ण खेलहरुमा केहि गल्ति गरेका थिए भने विश्वकपमा सो गल्ति नदोहोराउने आशा गरिएको छ ।

त्यस्तै रसिया टिममा युवा खेलाडी अलेकस्याण्डर गोलोभिन उदाउदा खेलाडीको रुपमा रहेका छन् । २२ बर्षिय गोलोभिन रसियाकै क्लब सिएसकेए मस्कोबाट व्यवसायिक फुटबल खेल्दछन् । उनलाई रसियाको युवापिढीको उत्कृष्ट खेलाडी मानिएको छ ।

साउदी अरबिया :

समुह ए को अर्को टिम हो साउदी अरेबिया । फिफा वरियतामा ६७औ स्थानमा रहेको साउदी अरबका म्यानेजर स्पेनका जुआन एन्टोनियो पिज्जी रहेका छन् जसले २०१६ को कोपा अमेरिकामा चिलीको म्यानेजर पद सम्हालेका थिए । 

साउदी अरबलाई जाइन्ट किलर टिमको रुपमा पनि हेरिएको छ । साउदी अरब उद्घाटन खेलमा आयोजक रसियासँग खेल्दै रहेकाले सुरुमै आफुलाई कसरी प्रस्तुत गर्छ भन्ने कौतुहलता रहेको छ । यस टिमका मुख्य खेलाडी मोहमद अल साहलावि रहेका छन् । उनले विश्वकप छनौटमा १६ गोल गर्दै धेरै गोल गर्ने खेलाडी बनेका थिए । सह्लावीले म्यान्चेस्टर युनाइटेडमा पनि तीन साता प्रशिक्षण लिएर विश्वकपको तयारी गरेका छन् । उनलाई साउदी अरबको प्रमुख खेलाडीको रुपमा हेरिएको छ ।

त्यस्तै यस टिममा २३ बर्षिय फहाद अल मुवाल्लादलाई उदाउदा खेलाडीको रुपमा हेरिएको छ । साउदीका लागि १० खेल खेलेका अहाद ला लिगामा लेभांटेमा लोनमा गएका छन ।

नतिजा अनुमान : घरेलु मैदानको फाइदा रसियालाई हुने देखिए पनि साउदी अरबको पछिल्लो जर्मनीविरुद्धको खेल हेर्दा यस खेलमा साउदी अरबले जित्ने हामीले अनुमान गरेका छौ । लेखकको अनुमान साउदी अरब २ – रसिया १ गोल रहेको छ । तपाइँहरु पनि आफ्नो अनुमान कमेन्ट बक्समा लेख्नुस है !

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै