• २०८१ बैशाख १५ शनिबार

शिवम सिमेन्टद्वारा फिफा विश्वकपको भविष्यवाणी कार्यक्रम संचालन

kharibot

काठमाडौं । शिवम् सिमेन्टले आगामी फिफा विश्वकप २०१८ को महाउत्सवको अवसरमा आफ्ना फेसबुक फलोअरहरुलाई आफ्नो योजनाअन्तर्गत वल्र्डकप विजेताको भविष्यबाणी गरी आकर्षक पुरस्कार जित्ने अवसर प्रदान गर्ने भएको छ ।

हरेक खेलमा हुन सक्ने सम्भावित विजेताहरुको घोषणा गरी उक्त भविष्यबाणी मिलेमा सहभागीले प्रत्येक खेलमा आकर्षक पुरस्कार प्राप्त गर्न सकिने शिवम सिमेन्टले जनाएको छ । यस खेलमा सहभागी हुन सहभागीहरुले शिवम् सिमेन्टको आधिकारिक फेसबुक पेजलाई लाइक गरी त्यहाँ रहेको प्रेडिक्ट एण्ड विन पोष्टको लिंकमा गई हरेक दिन हुने म्याचहरुको सम्भावित विजेता र गोल स्कोर भविष्यबाणी गर्नुपर्ने छ ।

यसरी हरेक दिन हरेक खेलमा आएको उत्तरहरु मध्ये सही निकटतम उत्तर र एक भन्दा बढि सही उत्तर भएमा गोला प्रथाद्वारा विजेता घोषणा गरिने र हरेक दिनको विजेताहरुले शिवम् सिमेन्टको कर्पोरेट अफिस माआएर पुरस्कार प्राप्तगर्न सकिने जनाएको छ ।

पछिल्लो २०१४ को विश्वकप खेलमा पनि संचालन गरिएको यस प्रेडिक्ट एण्ड विन खेल यस पटक पनि निरन्तरतादिएको कम्पनिले जनाएको छ ।

यस प्रतियोगितामा सहभागी हुनु हुने व्यक्तिहरुले रोमाञ्चक खेलको थप मज्जा लिनुका साथै आकर्षक पुरस्कारहरु पनि प्राप्त गर्ने छन् । यसरी शिवम सिमेन्टले विश्वकपको मौसममा आमव्यक्तिहरुलाई थप उत्सास एवं मनोरञ्जन प्रदान गर्ने गरि यस प्रेडिक्ट एण्ड विन खेल संचालन गरिरहेको छ ।

शिवम् सिमेन्ट नेपालभरि नै ग्राहकहरुद्वाराअत्याधिकविश्वास गरिएको र रुचाइएको ओपिसी सिमेन्ट हो । नेपालका केन्द्रभाग हेटौँडामा अवस्थित यस सिमेन्ट उद्योगले अत्याधुनिक जर्मन प्रविधी प्लान्टबाट आफ्नै चुनढुङ्गाको प्रयोग गरी उच्च गुणस्तरको क्लिंकरका साथै शिवम् ओपिसी सिमेन्ट उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ ।

‘गुण्स्तरको पहिचानहो शिवम्’, “गुण्स्तरमाकहिल्यै सम्झौतानगरौँ” तथा क्वालिटीको मामलामा नो कम्प्रमाइज जस्ता मुलनाराका साथ अगाडी बढिरहेको शिवम् सिमेन्ट आफ्नो गुणस्तरीय बिक्रीवितरण र बिक्री पछिको प्राविधिक सेवाको कारणले पहिलो स्थानमा रहन सफल भएको छ ।

उच्च गुणस्तर, निरन्तर सेवा र विश्वस्नीयताको कारणले गर्दा नै शिवम् सिमेन्ट राष्ट्रिय गौरवका प्रमुख योजनाहरुमा आफ्नो योगदानदिन सफल भएको छ, जस्तै काठमाडौँ चक्रपथ विस्तार परियोजना, नेपाली सेनाको सिभिल तथा भेट्रान्स हस्पिटल निर्माण परियोजना, विभिन्न हाइड्रोपावर, पुलएवम् टनेल निर्माण प्रोजेक्टहरु इत्यादी । आईएसओ ९००१, आईएओ १४००१, ओएचसीएएस १८००१, आईएआई एण्ड युआरएस प्रमाणित तथा नेपाल गुणस्तर चिन्ह प्राप्त शिवम् सिमेन्टले देशको असहज परिस्थितिमा पनि निरन्तर सेवा तथा सुविधा दिँदैँ आएको जनाएको छ ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै