मंगलबारको उत्तर कोरियाली नेता किम जोङ उनसँग भेटवार्ताका लागि सिंगापुर पुगेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बस्ने होटल शांग्रिला अगाडि तैनाथ नेपाली गोरखाहरु ।
नेपाली गोरखाको पहिरनमा नै दुईवटा क्रस खुकुरी राखिएको हुन्छ । उनीहरुसँग जति नै अत्याधुनिक हतियार भए पनि खुकुरी भएकै हुन्छ ।
यो नेपाली गोर्खाको पहिचान नै बनेको छ ।
किम भने अर्कै होटलमा बसेका छन् ।
सिंगापुर प्रहरीमा करिब १८ सय नेपाली गोर्खाहरु रहेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।