• २०८१ बैशाख १६ आइतबार

प्रधानमन्त्री कप क्रिकेट : प्रदेश ५ लाई पराजित गर्दै आर्मी फाइनलमा 

kharibot

काठमाडौँ । त्रिभुवन आर्मी क्लब प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । 

शुक्रबार भएको पहिलो सेमिफाइनलमा प्रदेश नम्बर ५ लाई १५४ रनले पराजित गर्दै आर्मी प्रतियोगिताको फाइनलमा पुगेको हो । 

अब आर्मीले एपीएफ र नेपाल पुलिसबीचको खेलको विजेतासँग उपाधिका लागि आइतबार प्रतिस्पर्धा गर्नेछ ।

आर्मीले दिएको २९० रनको लक्ष्य पछ्याएको प्रदेश ५, ३५.५ ओभरमा १३५ रनमा अलआउट भएपछि आर्मीले ठुलो अन्तरले खेल जितेको थियो ।

प्रदेश ५ को पारी ध्वस्त गर्ने क्रममा आर्मीका बलर सुशील कँडेलले ३ तथा सागर पुन र बिक्रम सोवले २–२ विकेट लिएका थिए भने सोमपाल कामी र साहव आलमले पनि एक एक विकेट लिए ।

प्रदेश ५ का लागि नवौं नम्बर आएका ब्याट्सम्यान कृष्ण कार्कीले सर्वाधिक ३१ रन बनाए भने शंकर रानाले २३, तथा अन्तिम थापाले १४ रन बनाए ।

टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले राष्ट्रिय खेलाडी तथा ओपनर सागर पुनको शानदार शतकको सहयोगमा निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २८९ रन बनाएको थियो ।

आर्मीका लागि पुनले ११८ रनको शतकीय पारी खेलेका थिए । पुनले आउट हुनुअघि १४२ बल खेलेर १० चौका र ४ छक्का प्रहार गरेका थिए । त्यस्तै भिम सार्कीले ७७, बिनोद भण्डारीले ३७, अनिल मण्डलले १९ रन बनाएका थिए ।

प्रदेश ५ का कृष्ण कार्कीले ३, बिक्रम भुसालले २ तथा कप्तान शक्ति गौचन र लाल अधिकारीले १–१ विकेट लिएका थिए ।

सतकीय पारी खेलेका सागर पुन खेलको म्यान अफ द म्याच बने ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै