काठमाडौं । नेपाल आयल निगमका विवादित कार्यकारी निर्देशक गोपाल खड्काले पदबाट राजीनामा दिएका छन् ।
बिहीबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पत्रकार सम्मेलन गरी तत्काल लागू हुने गरी राजीनामा दिएको बताएका हुन् ।
छ महिना अझै काम गर्न पाउने अवधि रहे पनि खड्काले राजीनामा दिएका हुन् ।
पत्रकार सम्मेलनमा उनले आफूलाई मन्त्रालयमा तानेर जिम्मेवारीविहीन बनाएकाले राजीनामा दिनुपरेको बताएका थिए ।
पछिल्लो समय निगमको पेट्रोलियम भण्डारण क्षमता वृद्धिका लागि जग्गा खरिद प्रकरणमा ठूलो रकम कमिसन खाई आर्थिक अनियमितता गरेको आरोप उनीमाथि लागेको थियो ।
सोही प्रकरणमा उनलाई देउवा सरकारले आपूर्ति मन्त्रालयमा हाजिर गराउने निर्णय गरेको थियो ।