• २०८१ बैशाख १४ शुक्रबार

सुन तस्करी प्रकरणको छानबिनलाई प्रभाव पार्न खोजेको भन्दै गृहमन्त्रालयको आपत्ति

kharibot

काठमाडौं  । गृहमन्त्रालयले साढे ३३ किलो सुन तस्करी प्रकरण र सनम शाक्य हत्या प्रकरणमा पुर्व प्रहरी अधिकारीहरुको सार्वजनिक अभिव्यक्ति प्रति आपत्ति जनाएको छ ।

सोमबार एक विज्ञप्ति निकाल्दै मन्त्रालयले अहिले विशेष अनुसन्धान टोलीले घटनाको छानबिन गरिरहेको र अनुसन्धानको क्रममा यससम्बन्धि विषय सम्मानित अदालतमा विचाराधीन अवस्थामा रहेकोले यस प्रकरणसँग सम्बन्धित भ्रामक अभिव्यक्ति प्रति आफ्नो ध्यानआकर्षण भएको जनाएको छ ।

प्रहरीका पूर्व अतिरीक्त महानिरीक्षक राजेन्द्रसिंह भण्डारी र पूर्वनायब महानिरीक्षकद्धय हेमन्त मल्ल र रमेशप्रसाद खरेलले आईतबार संयुक्त रुपमा सुन तस्करीको अनुसन्धान त्रुटिपूर्ण रहेको अभिव्यक्ति दिएपछि गृहमन्त्रालयले आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको हो ।

मन्त्रलायले यो विशेष अनुसन्धान कुनै व्यक्ति या अधिकारी प्रति आग्रह, पूर्वाग्रह राखेर गरिएको नभई प्रचलित कानुन, तथ्य, प्रमाणको अधिनमा रहेर गरिएको भन्दै यस्ता भ्रामक र तथ्यहिन विचारले विचारले अपराधीको मनोबल झन् बढ्न सक्ने भन्दै यसमा मन्त्रालय सचेत रहेको उल्लेख गरेको छ ।

सरकार अपराध मेटाउन लागि रहेको भन्दै सचेत नागरिक, नागरिक समाज, मिडिया सबैबाट सकारात्मक सुझाव र सहयोगको अपेक्षा गरेको मन्त्रालयले उल्लेह गरेको छ ।
    
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै