काठमाडौं । राष्ट्रकवि माधवप्रसाद घिमिरे फेरि बिरामी परेका छन् । स्वास्थ्य समस्या देखिए पछि उनलाई धापासीस्थित ग्राण्डि अस्पतालमा फेरि भर्ना गरिएको छ ।
उनलाई निमोनिया भएको अस्पतालले जनाएको छ । राष्ट्रकवि घिमिरेको ग्राण्डी अन्तराष्ट्रिय अस्पतालको आईसीयूमा उपचार भइरहेको र घिमिरेलाई ग्रान्डी अस्पतालका प्रमुख डा. चक्रराज पाण्डे, विवेक शर्मा, ओममूर्ती अनिललगायतको टिमले उच्च प्राथमिकताका साथ हेरिरहेको अस्पतालले जनाएको छ ।
घिमिरेलाई आइतबार बिहान ७ बजे अस्पताल भर्ना गरिएको हो ।
भारतको मेदान्त अस्पतालमा स्वास्थ्य उपचार पछि शनिबार मात्रै घिमिरे स्वदेश फर्किएका थिए । भारत जानु अघि पनि उनको ग्राण्डि अस्पतालमा नै उपचार भइरहेको थियो ।