• २०८१ बैशाख १५ शनिबार

मुगुको गमगढीमा कृषि विकास बैंकको आधुनिक अनलाईन बैकिङ्गको शुरुवात

kharibot

मुगु । मुगु जिल्लाको गमगढीमा कृषि विकास बैंकमा अनलाईन बैकिङ्गको शुभारम्भ भएको छ । 

कृषि विकास बैंक लिका प्रमुख कार्यकारी अधिकृत लिलाप्रकाश सिटौलाले अनलाईन बैकिङ्गको हालै उद्घाटन गरेका छन् । 

कृषि विकास बैंक क्षेत्रिय कार्यालय, नेपालगंजका निर्देशक रामचन्द्र आचार्यको अध्यक्षता भएको समुदघाटन कार्यक्रममा स्वागत मन्तव्य कृषि विकास बैंक क्षेत्रिय कार्यालय,नेपालगंजका शा.अ. नगेन्द्र बहादुर शाहले गरेका थिए । 

सेवाग्राही तथा सर्वसाधारण जनताको व्यापक उपस्थिति रहेको उदघाटन समारोहमा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, सेवाग्राही, छायांनाथ नगरपालीकाका उप–मेयर सुन्तला रोका, असल ग्राहकको तर्फबाट तिलक बहादुर मल्ल, राधीका मल्लले बैंकले उपलव्ध गराउने सेवाहरुले मुग बासीहरुको मन छुन सकोस र गरिव भन्दा गरिब किसानको जिवनस्तर उकास्नमा मद्दत पुगोस भन्दै बैंकको उच्च प्रगतिको कामना गर्दै शुभकामना मन्तव्य व्यक्त गरेका थिए । 

कृषि विकास बैंकले प्रदान गर्ने सेवा सुविधा तथा बैंकको एचयमगअत को बारेमा जानकारी गराउंदै स्थानीय जनताको सहयोग भएमा बैंकले निरन्तरता पाउने विषयमा बैंकका प्रमुख कार्यकारी अधिकृत लिला प्रकाश सिटौलाले प्रकाश पारेका थिए ।

त्यस्तै गरी कृषि तथा लघुउद्यम विभागका विभागीय प्रमुख धु्रबचन्द्र गौतमले कृषि विकास बैंकले वित्तीय कारोवारका साथै सामाजिक सामुदायिक कार्यक्रम संचालन गर्ने, देशको आर्थिक विकासमा टेवा पु–याउने, उद्यमशीलता विकासमा महत्वपूर्ण योगदान गर्न सबै नेपालीहरुको घर आँगनको बैंकको रुपमा कार्य गरेको विषयमा प्रकाश पारे भने कृषि विकास बैंक लि. क्षेत्रिय कार्यालय नेपालगंजका निर्देशक रामचन्द्र आचार्यले बैंकले अबका दिनमा मुगुबासीलाई उपलव्ध गराउन सक्ने बैंकिङ्ग सेवाका बारेमा प्रकाश पारेका थिए । 

सो उदघाटन कार्यक्रममा कृषि विकास बैंक लि. मुख्य कार्यालय काठमाडौंका शाखा प्रमुख तथा बैंकका प्रबक्ता हिमलाल पौडेल, कृषि विकास बैंक लि. प्रमुख कार्यकारी अधिकृत कार्यालयका शा.अ. धर्मराज न्यौपाने, उपस्थिति रहेको सो कार्यक्रमको संचालन कृषि विकास बैंक लि.क्षेत्रिय कार्यालय नेपालगंजका का.स. सुरेश पोखरेलले गरेका थिए । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय