• २०८१ बैशाख १४ शुक्रबार

विश्व कपमा छनौट हुन संघर्ष गर्दै मेसीको अर्जेन्टिना 

kharibot

दक्षिण अमेरिकी समुह अन्तर्गत भएको विश्वकप छनौट खेलमा अर्जेन्टिना र उरुग्वेबीचको खेल बिना कुनै गोल बराबरीमा सकिएको छ ।

निर्धारित ९० मिनेटमा दुवै टिमबाट कुनै गोल हुन् नसकेपछि दुवै देशले एक एक अंक बाडेका छन् । खेलको ३५औ मिनेटमा उरुग्वेका लुइस स्वरेजले अर्जेन्टिनाका निकोलस ओटामेन्डिलाई खतरनाक फाउल गरेपनि उनि रातो कार्डबाट भने बचेका थिए ।

सन् २०१८ मा हुने विश्वकपका लागि अर्जेन्टिना संघर्षरत रहेको छ । अहिले अर्जेन्टिना १५ खेलमा २३ अंक सहित समुहमा पाचौ नम्बरमा रहेको छ । यस समुहबाट ब्राजिल रसियामा हुने विश्व कपका लागि यसअघि नै छनौट भैसकेको छ । भने हाल कोलम्बिया दोस्रो, उरुग्वे तेस्रो र चिली चौथो स्थानमा रहेको छ । अब छनौट चरणका तीन खेल खेल्न बाँकी रहेको छ । 

दक्षिण अमेरिकी समुहबाट शिर्ष चार टिम सिधै छनौट हुने छन् भने पाचौ हुने टिम इन्टरकन्टिनेन्टल टिमसँग छनौट खेल खेल्नु पर्ने हुन्छ ।

अर्जेन्टिना छनौट चरणको खेलमा अब सेप्टेम्बर ५ मा भेनेजुएलासँग, अक्टोबर ५ मा पेरुसँग र अक्टोबर १० मा इक्वेडरसँग खेल्ने छ ।   
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै