• २०८१ बैशाख १८ मंगलबार

माइती इंडियाको पहलमा भारतबाट ८ नेपाली बालकको उद्धार  

kharibot

काठमाडौँ । नेपाली राजदुतावासको सहयोगमा ८ जना बालकको उद्धार गरिएको छ । भारतका विभिन्न स्थानमा रहेका ८ नेपाली बालकको उद्धार गरिएको हो  । 

शुक्रबार महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयमा सार्वजनीक गरिएका ८ बालबालिकाहरुमा जनकपुरका शिबकुमार र अयर्मन,  बाजुराका शंकर बिश्वकर्मा, गुल्मीका राकेश,  रौतहटका राजकिशोर, महोत्तरीका हसन र पहिचान साथै बिराटनगरका सन्तोष रहेका छन् ।

उनीहरुलाई शुक्रबार मन्त्रालयमा सार्वजनिक गर्दे महिला, बालबालिका तथा जेष्ठ नागरीक मन्त्रालयकी मानव बेचबिखन तथा नियन्त्रण शाखा प्रमुख रोशनीदेवी कार्कीले बालबालिकाहरुको आभारभुत आबश्यकतादेखि मनोरञ्जन र पारिवारिक झै झगडाको कारणले घर छोडेर भारत जाने बालबालिका बढेको बताइन् । उनले  खुल्ला सीमानाले गर्दा बच्चाहरु घुम्न जाने बाहानले पनि भारतमा जाने गरेको बताईन्  ।

उद्दार गरिएका बालकलाई मन्त्रालयले शुक्रबार नै महिला तथा बालबालिकाको क्षेत्रमा काम गर्दे आएको संस्था सिवीनलाई जिम्मा लगाएको छ । सिवीनले बालबालिकाको अभिभावकले बच्चा लिन नआउन्जेल बालकहरुको संरक्षण गर्ने भएको छ ।  

सिवीनकी मनो विमर्सकर्ता हिरा खतिवडाले महिला बालबालिका तथा जेष्ठ नागरीक मन्त्रालय, नेपाल टेलिकमको सहयोगमा जोखीममा परेका बालबालिकाको  उद्धार,  राहात,  कानुनी परामर्श, लगायत आबश्यकता अनुसार सहयोग गर्ने र परिवारमा पुनर्मिलन गराइने बताइन् ।

यी बालकहरुको उद्धार माईती इण्डियाका संस्थापक अध्यक्षसमेत रहेका बालकृष्ण पाण्डेको पहलमा गरिएको थियो । पाण्डेले खरीबोटसँग कुरा गर्दै लगभग २२ दिनको प्रयासबाट यी बालकहरुको उद्धार गरेको बताए । पाण्डेले भारतमा रहेका बिभिन्न संघसंस्था, दिल्ली प्रहरी,  नेपाली दुतावास लगायतको सहयोगमा बच्चा फेला पारेको बताए ।

साथै भारतका बिभिन्न ठाउमा सयौको संख्यामा रहेका नेपाली बालबालिकालाई महिला, बालबालिका तथा जेष्ठ नागरीक मन्त्रालयको सहयोगमा नेपाल ल्याउने तयारीको रहेको पाण्डेले खरीबोटलाई जानकारी दिए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै