• २०८१ बैशाख १४ शुक्रबार

पुटिन र किमबीच यसै बर्ष भेटवार्ता हुन सक्ने

kharibot

मस्को । रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनबीच यसै वर्ष भेटवार्ता हुनसक्ने रुसको प्रशासनिक केन्द्र क्रेमलिनले जनाएको छ । 

उनीहरूको भेटवार्ताका बारेमा अहिले सम्म कुनै निर्णय भने भइनसकेको क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले शुक्रबार बताएका छन् । 

उहाँले दैनिक पत्रकार सम्मेलनमा भने, “हो वास्तवमै त्यस्तो प्रकारको बैठक हुने सम्भावना छ ।” 

कुटनीतिक संयन्त्र मार्फत् भेटवार्ताका लागि आन्तरिक गृहकार्य भइरहेको तर तिथि र अन्य बिषयबारे अहिले बिस्तृतमा भन्ने अवस्था नरहेको उनको भनाई छ । 

गत बिहीबार मात्रै रुसका विदेश मन्त्री सेर्गेइ लाभरोभले उत्तर कोरियाको राजधानी प्योङयाङ भ्रमण गरेर नेता किमलाई भेटेका थिए । 

दुवै पक्षले शीर्ष वार्ता गर्नुपर्ने महशुस गरेको र त्यो यसै बर्ष गर्ने तय भएको अधिकारीहरूले बताएका छन् । 

यो वर्ष कोरिया र रुसको कुटनीतिक सम्बन्ध स्थापना भएको ७०औं बर्षसमेत भएको उत्तर कोरियाको समाचार संस्था केसिएनएले जनाएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै