• २०८१ बैशाख २६ बुधबार

एनआईसी एशिया बैंकको नयाँ शाखा पर्साको लंगडिमा

kharibot

काठमाडौँ । एनआईसी एशिया बैंकले आफ्नो नयाँ शाखा पर्साको धोबिनी गाँउपालिका-४  लंगडिमा संचालन गरेको छ ।

लंगडि शाखाको एक समारोहका बिच धोबिनी गाँउपालिकाका प्रमुख सुरेश प्रसाद कुर्मीले उद्घाटन गरेका छन् ।

बैंकले हाल मुलुकभर २१८शाखाकार्यालयहरु, २०४ एटिएम, ८ वटा एक्स्टेन्सन काउण्टर एवं ८ वटा शाखारहित बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ । 

बैंकको वासलातको आकार रू १६४अर्ब भन्दा बढि पुगेको छ भने बैंकको कुलकर्जा करिब रू ११३अर्ब र कुलनिक्षेप करिब रू १३९ अर्ब पुगिसकेको छ । हालसम्म यस बैंकमा जम्मा ग्राहकको संख्या करिब ११ लाख ५० हजार रहेको छ । 

बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको जनाएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै