• २०८१ बैशाख १८ मंगलबार

सुर्खेतमा भिषण बर्षा हुदा बजार डुबानमा, अझै केहि दिन बर्षा हुने 

kharibot

सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा भिषण बर्षा हुँदा केही स्थान डुवानमा परेका छन् ।

बिहिबार सुर्खेतमा ४९ मिलिमिटर बर्षा भएको हो । पश्चिमि भेगको केही स्थानमा विगत ११ दिनदेखि आधि हुरीका साथै भिषण बर्षा भइरहेको छ । 

बजार क्षेत्रको नाली भरीएर सडकमा नै भेल उर्लिएको छ । बर्षाका कारणले खजुरा, एयरपोर्ट आसका क्षेत्र तथा काक्रेँबिहार क्षेत्रका केही स्थान डुवानमा परेको छ । 
खजुरा क्षेत्रमा डलको निकास नहुँदा बर्षेनी डुवानमा पर्ने गर्दछ । 

यसैविच विरेन्द्रचोक नजिक नाला बुझिदा सडकनै जलमग्न भएको छ । केही घर तथा पसल समेत वर्षाका कारण डुबानमा परेकाले उनीहरुको विचल्ली समेत भएको छ ।  

सुर्खेतमा एक्कासी हावा हुरीसंगै भिषण बर्षा भएपछि धेरै ठाँउ जलमग्न भएका छन् । 

अझै केहि दिन मौसम सफा नरहने र बर्षा हुने क्षेत्रीय हावापानी कार्यालय सुर्खेतले जनाएको छ । 

केही समय अगाडी आएको २ सय किमि प्रति सकेण्डको हुरीले ठाँउठाँउमा पोल भाचेपनि बिद्युत सेवा समेत अवरुद्ध भएको थियो । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै