• २०८१ बैशाख १७ सोमबार

संजु ट्रेलर : संजय दत्तले पितासँग रिसाएर ड्रग्स लिएको, ३५० प्रेमिका रहेको खुलासा

kharibot

मुम्बई । बलिवुड अभिनेता संजय दत्तको जीवनीमा आधारित फिल्म संजुको ट्रेलर सार्वजनिक गरिएको छ ।

आज सार्वजनिक गरिएको सो टिजरमा संजय दत्तको जीवनमा घटेका प्रमुख घटनालाई समेट्ने प्रयास गरिएको छ । जेल जीवन, प्रेम र सफलतालाई समेट्दै ट्रेलर तयार गरिएको छ । संजय दत्तको भूमिकामा रणवीर कपुरले उत्कृष्ट अभिनय गरेको देखिन्छ ।

ट्रेलरमा संजय दत्तले आफ्ना पिता सुनिल दत्तसँग रिसाएर पहिलो पटक ड्रग्स लिएको, दोस्रो पटक आफ्नी आमा नर्गिसको मृत्यु हुदा ड्रग्स  लिएको अनि त्यसपछि ड्रग्सको लतमा पारेको देखाइएको छ । 

ट्रेलरमा संजय दत्तले आफु ड्रगिस्ट भएको तर टेरोरिस्ट नभएको बताएका छन् । ट्रेलरमा संजय दत्तले आफ्ना ३५० गर्लफ्रेन्डसँग सम्बन्ध राखेको उल्लेख गरेका छन् । यस फिल्मले संजय दत्तको जीवन, संघर्ष, जेल जीवन, विवाद, प्रेम आदिलाई रोचक किसिमले समेटेको सजिलै अनुमान लगाउन सकिन्छ ।

बुधबार भारतका एक साथ ५ शहर मुम्बई, दिल्ली, अहमदावाद, लखनउ र कोल्कोतामा एकै पटक भिडियो कन्फ्रेंसीङद्वारा सार्वजनिक गरिएको थियो ।  

रणवीर कपुरका अलवा फिल्ममा अनुष्का शर्मा, सोनम कपुर, मनिषा कोइराला, परवेश रावल, विक्की कौशल, दिया मिर्जा लगायतका कलाकारले अभिनय गरेका छन् ।
राजकुमार हिरानीले निर्देशन गरेको यस फिल्म आगामी जुन २९ मा रिलिज हुदै छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै