• २०८१ बैशाख १७ सोमबार

संजय दत्तको जीवनीमा आधारित फिल्म ‘सन्जु’ को बम्पर ओपनिङ

kharibot

मुम्बई । बलिवुड अभिनेता संजय दत्तको जीवनीमा आधारित फिल्म संजु शुक्रबार रिलिज भएको छ । 

फिल्मले भारतीय बक्स अफिसमा पहिलो दिन रेकर्ड व्यापार गरेको भारतीय मिडियाले उल्लेख गरेका छन् । 

फिल्मले बलिवुडका यसबर्ष रिलिज भएका फिल्म मध्ये सबैभन्दा धेरै ओपनिङ गरेको छ । ‘सन्जु’ पह्हिलो दिन ४३ करोड ७५ लाखको व्यापार गरेको बताइएको छ ।

यस बर्ष रिलिज भएका सलमान खानको फिल्म रेस ३ ले पहिलो दिन २९.१७ करोड, टाइगर सराफको फिल्म बागी २ ले २५.१० करोड र रणबीर सिंहको फिल्म पद्मावतले पहिलो दिन १९ करोड ब्यापार गरेको थियो ।

त्यस्तै सन्जु रनबिर कपुरको अहिलेसम पहिलो दिन धेरै व्यापार गर्ने फिल्म पनि बनेको छ । यसअघि उनको फिल्म बेशरमले पहिलो दिन २१.३५ करोड ब्यापार गरेको थियो भने ये जवानी है दिवानीले पहिलो दिन १९.४५ करोड ब्यापार गरेको थियो ।    

फिल्ममा संजय दत्तको भूमिकामा रणवीर कपुर छन् भने सजंय दत्तकि हालकी पत्नीको भूमिकामा दिया मिर्जा, उनका माता पिताको भूमीकामा परवेश रावल र मनिषा कोइरालाको भूमिका रहेको छ । त्यस्तै उनका अति मिल्ने साथी गुलशन ग्रोभरको भूमिकामा विक्की कौशलले अभिनय गरेका छन् । त्यस्तै फिल्ममा अनुष्का शर्मा, सोनम कपुरको पनि अभिनय रहेको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै