• २०८१ बैशाख १४ शुक्रबार

शाहीद खाकान अब्बासी बने पाकिस्तानका अन्तरिम प्रधानमन्त्री

kharibot

पाकिस्तानको सत्तारुढ दल पाकिस्तान मुस्लिम लिग,नवाज (पीएमएल–एन) पार्टीले अन्तरिम प्रधानमन्त्रीका लागि पूर्व पेट्रोलियममन्त्री शाहीद खाकान अब्बासीलाई अघि सारेको छ ।

अदालतले उक्त दलका नेता नवाज सरिफलाई प्रधानमन्त्री पदमा बस्न अयोग्य घोषित गरेपछि राजीनामा दिएका थिए । सरीफले आफ्ना भाई शहवाजलाई नयाँ प्रधानमन्त्रीका रूपमा अघि सारेपछि यसमा पार्टीभित्रबाट मौन समर्थन देखिएको थियो । तर शेहवाज प्रधानमन्त्री हुन संसद सदस्य हुनुपर्ने पाकिस्तानी प्रावधानले केही समस्या देखिएको छ । पाकिस्तानी संविधान अनुसार ४५ दिन अन्तरिम प्रधानमन्त्री बनाउन सकिने व्यवस्था छ ।

शहबाजले पहिले पञ्जाब प्रान्तको मुख्यमन्त्री पदबाट राजीनामा दिनुपर्नेछ र त्यसपछि केन्द्रीय संसदको तल्लो सदन ‘नेशनल एसेम्बली’को उपचुनावमा जित्नुपर्नेछ ।  सरीफले आफ्ना विश्वास पात्रका रूपमा समेत लिँदै आएका अब्वासीलाई अन्तरिम प्रधानमन्त्री बनाएर आगामी केही समयभित्र निर्वाचन प्रक्रिया मार्फत भाई शहवाजलाई उपनिर्वाचनबाट केन्द्रिय संसदको सदस्य बनाउने र उहाँलाई नै भावी प्रधानमन्त्री बनाउने रणनीति देखिएको छ । तर शेहवाजलाई प्रधानमन्त्री बनाउन अब्बासीको राजीनामा भने आउनु पर्ने हुन्छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै