• २०८१ बैशाख २७ बिहीबार

विश्वका १५ समुद्री किनार जहाँ सर्वांग नांगै पौडिन पाइन्छ !

kharibot

काठमाडौं । मानिसलाई चेतनशील प्राणी मानिन्छ । सोही कारण पृथ्वीका लाखौँ जीव प्रजातिहरुमध्ये मानव जाति सभ्य, सुशील र चेतनशील मानिन्छ । अरु जीवजन्तुको चेतना र सभ्यताको स्तरभन्दा मानवीय सभ्यता र चेतनाले धेरै तह पार गरिसकेको छ ।

त्यसैले त मानिसले आफूलाई परिष्कृत बनाइसक्दा पनि जनावरहरु जहाँको त्यहीँ रहेका छन् । पढाइ मात्रै होइन, मानवीय जीवनशैलीमै व्यापक परिष्कृति आइसकेको छ । अन्य जनावरहरु प्रकृतिको सृष्टि जसरी हुन्छ सोही अनुसारकै जीवनशैलीमा रमाएर देहान्त गर्छन् तर मानवले भने बाँचिरहँदा खानपान, लगाइ, सिकाइ आदि यावत् कुरालाई ध्यान दिइरहेको हुन्छ । भलै मानिसले पनि निश्चित समयमा अन्य जनावरजस्तै मृत्यु स्वीकार्नैपर्ने बाध्यता छ । 

विश्वका मानिसहरु कपडा लगाएर सञ्चार सम्पर्कमा आबद्ध भएका छन् । एक अर्काले सार्वजनिक रुपमा भेटघाट हुँदा होस् या हरेक कुरामा मानवले तथाकथित अश्लीलता (?) लुकाउने गरेको पाइन्छ । तर विश्वमा प्रकृतिप्रदत्त अधिकारको वकालत गर्नेहरु भने श्लीलता र अश्लीलतालाई त्यति महत्व दिँदैनन् ।

यसो भन्दैमा उनीहरु नांगै संसारको विचरण गर्छन् भन्ने होइन तर कतिपय विशिष्ट स्थानहरुमा आफूलाई कपडा बेर्ने मानव सभ्यताबाट बाहिरै निकाल्न चाहन्छन् । केही क्षणकै लागि भए पनि उनीहरु लाज, अश्लीलताभन्दा माथि उठेर उन्मुक्त रुपमा प्रकृतिको विचरण गर्न चाहन्छन् ।

उनीहरुलाई खास शब्दमा नेचरिष्ट (प्रकृतवादी) भन्न सकिन्छ । यो भनेको उदात्तवादको एउटा पाटो हो । कुनै यस्तो स्थान जहाँ मानिस नांगै भेला हुन्छन् भन्ने सुन्दा तपाईंलाई अनौठो लाग्न सक्छ होला तर विश्वमा यस्ता स्थानहरु पनि रहेका छन् । त्यस्ता स्थानहरुमध्ये यहाँ केही सामुद्री किनारहरुबारे बताउन खोजिएको हो । 

विश्वमा नांगै पौडिन र घाम ताप्न पाइनेमध्ये १५ वटा समुद्री किनार (बिच) लाई उत्कृष्ट मानिन्छ । कहाँ कहाँ छन् त त्यस्तो स्थान अनि त्यहाँ के के गर्ने छुट पाइन्छ त ! सायद यो जिज्ञासा तपाईं हामीमा यति भनिसकेपछि उठिसकेको हुनुपर्छ ।   

१. ब्ल्याक्स बिच, क्लालिफोर्निया, अमेरिका 
सीएनएनका अनुसार टोरे पाइन्सको १०० मिटर अग्लो भिरको तलपट्टि रहेको यो बिच उक्त राज्यकै सबैभन्दा मनमोहक स्थान हो । यो बिच कुनै बेला संयुक्त राज्य अमेरिकाकै एउटा वैधानिक न्युड (नग्न) बिचका रुपमा परिचित थियो । सामुद्री छालसँग आनन्द साट्न पाइने यो बिचमा नांगै पौडीको मस्ती लिन पाइन्छ । 

२. लेडी बे बिच, सिडनी, अष्ट्रेलिया 
यो बिच अष्ट्रेलियामा रहेको छ भने यसलाई लेडी जेन बिच पनि भनिन्छ । यो सिड्नी हार्बरबाट दक्षिणतर्फ रहेको छ । सानो र साँघुरो भए पनि यो बिच उत्कृष्ट लोकेसनमा पर्छ । यहाँ पनि नांगै सनबाथ (घाम ताप्ने काम) गर्न पाइन्छ । 

३. बुह्ने १६, सिल्ट, जर्मनी 
नर्थ सि आइल्याण्डमा रहेको यो बिचमा पानीको औसत तापक्रम गर्मीयाममा १७ं डिग्री सेल्सियस हुन्छ । यहाँ कपडा लगाएर पनि बिचको आनन्द लिन पाइन्छ भने नलगाई पनि पाइन्छ । तर नग्न विचरणकै लागि यो प्रसिद्ध रहेको छ । 

४. रेक बिच, भानकाउभर, क्यानडा 
यो बिचलाई संसारकै लामो नग्न बिच पनि भनिन्छ । यो ७.८ किमि लामो रहेको छ । बालुवा र गेगरले किनारा ढाकेको यो बिच क्यानडामा पर्छ । यसका किनारामा हरिया रुखहरु समेत रहेका छन् । 

५. रेड बिच, क्रेटे, ग्रिस 
यो बिच ग्रिसको क्रेटेमा पर्छ । क्रेटेको दक्षिणपट्टि रहेको यो बिचमा पनि नांगै विचरण गर्न पाइन्छ । 

६. आन्से डी ग्रान्डे सलाइन, सेन्ट बार्ट्स 
यो बिचमा पनि नांगै प्रकृतिको आनन्द लिन पाइन्छ । तर यहाँ सनबाथ गर्दाचाहिँ नग्नता प्रदर्शन गर्न पाइँदैन । यहाँ जानेले आफूलाई आवश्यक सबै कुरा आफैँले लग्नुपर्छ । यो नजिकै फ्रेन्च रेष्टुराँ पनि रहेको छ । 

७. प्लाट्जा डेस काभालेट, इबिजा, स्पेन 
यो पनि आधिकारिक रुपमै नग्न बिच हो । यसमा विभिन्न खाले मानिसका लागि स्थान निर्धारण गरिएको छ । जहाँ कपडाविनै मानिसहरु रमाइरहेका भेटिन्छन् । 

८. लिटल बिच, मावी, हवाई 
यो अमेरिकाको हवाई राज्यमा रहेको बिच हो । यस क्षेत्रमा कछुवा, डल्फिन, ह्वेल र सामान्य खाले माछाहरु प्रशस्तै पाइन्छन् । रुखहरु पनि यस क्षेत्रमा रहेका छन् भने पौडीका लागि संरक्षित क्षेत्र बनाइएको छ । 

९. क्याप डे अग्डे बिच, फ्रान्स 
यसलाई कहिले कहिले नेकेट सिटी (नग्न सहर) पनि भनिन्छ । यहाँ नग्न रिसोर्ट समेत रहेको छ । यो रिसोर्टले सिजनमा ४० हजारसम्म पाहुना भित्र्याउने गरेको छ । यहाँ भने न्युडिटी (नग्नता) अनिवार्य रहेको छ । अतिथिहरु नेचरिष्ट होटेलमा बस्न सक्छन् । त्यस्तै क्याम्प बनाएर पनि यहाँ बस्न पाइन्छ । 

१०. म्पेनजाटी बिच, क्वाजुलु–नेटल, दक्षिण अफ्रिका 
यो दक्षिण अफ्रिकाको एउटै वैधानिक नग्न बिच पनि हो । यहाँ बाध्यकारी नग्नता छैन । यसले सन् २०१४ मा यसको वैधानिकता प्राप्त गरेको थियो । तर यहाँ निश्चित नियमहरु फलो गर्नुपर्ने हुन्छ । जस्तै अरुलाई सिधा आँखाले हेर्न पाइँदैन, फोटो खिच्न मनाही छ भने त्यस्तै खाले व्यवहार पनि गर्न पाइँदैन । यद्यपि यहाँका स्थानीयले भने यसको विरोध गर्दै आएका छन् । 

११. प्लाया जिपोलाइट, ओआक्सा, मेक्सिको 
यहाँको दृश्य नै मनमोहक रहेको छ । यो मेक्सिकन र अमेरिकन हिप्पीले बनाएका थिए । यो दुई किमि लामो रहेको छ । होटल र क्याफे पनि प्रशस्तै रहेका छन् । 

१२. नेभे मिडबार, नर्थ डेड सी, इजरायल 
डेड सीको उत्तरपट्टि रहेको यो बिच केही सानो छ, जहाँ निजी रिसोर्टहरु रहेका छन् । यहाँको रोचक कुराचाहिँ नांगै पौडिएको तस्बिर समेत खिच्न पाइने व्यवस्था छ । यो मध्यपूर्वकै सार्वजनिक नग्नता प्रदर्शन गर्न पाइने स्थान पनि मानिन्छ । 

१३. प्राइया मासारान्डुपियो, बाहिया, ब्राजिल 
यो ब्राजिलको चर्चित बिच हो । यहाँ थुप्रै युवतीहरु बिकिनबाट उन्मुक्त अवस्थामा भेटिन्छन् । 

१४. स्पिआगिया डी गुभानो, भर्नाजा, इटाली 
यो इटालीको सिन्क टेरेमा रहेको छ । झट्ट यहाँको दृश्य हेर्दा स्वेप्ट अवे नामक फिल्मको झैँ लाग्छ । रहस्यमय कुरा त यो कोर्निग्लिया भिलेजबाट पुरानो रेलवे सुरुंग हुँदै पुग्न सकिन्छ । यो एकदमै पुरानो र ढुंगेयुगकै झल्को दिने खालको छ । यहाँ कुनै आधुनिक सुखसुविधा छैन । बालुवाभन्दा गेगर धेरै यहाँ पानी एकदमै कञ्चन छ । 

१५. हाउलभर बिच पार्क, मियामी, फ्लोरिडा 
यो सार्वजनिक नग्नताका लागि प्रसिद्ध बिच पनि हो । यहाँ अत्यधिक संख्यामा मानिसहरु विचरण गर्ने गरेका छन् । हरेक जुलाईमा ठूलो भीड लाग्ने गरेको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै