काठमाडौँ । रियल म्याड्रिडले लगातार तेस्रो सिजनको च्याम्पियन्स लिगको उपाधि जितेको छ । गएराती भएको फाइनल खेलमा लिभरपुललाई ३-१ गोल अन्तरले पराजित गर्दै आफ्नो १३औ च्याम्पियन्स लिगको उपाधि जितेको हो ।
रियलको जितमा ग्यारेथ बेलले २ गोल गरेका थिए भने करीम बेन्जमाले एक गोल गरेका थिए । लिभरपुलका लागि साडियो मानेले एक गोल गरेका थिए । लिभरपुलले दुई गोल किपर लुरिस करियसको गल्तिका कारण खाएको थियो ।
पहिलो हाफमा बिना कुनै गोल बराबरीमा सकिएको खेलमा खेलको दोस्रो हाफको ५१औ मिनेटमा लिभरपुलका किपर लुरिसले फालेको बल बेन्जमाले पोष्टमा हान्दै गोल गरेपछि रियलले सुरुवाती अग्रता लिएको थियो ।
त्यसको ४ मिनेटपछि लिभरपुलका साडियो मानेले गोल गर्दै खेल बराबरी गरेका थिए । पहिलो हाफको ३०औ मिनेटमा आफ्ना स्टार खेलाडी मोहमद सलाह घाइते भएर मैदान छोडेपछि दबाबमा आएको लिभरपुललाई ६१औ मिनेटमा मैदानमा छिरेका रियलका ग्यारेथ बेलले दुई गोल गर्दै फाइनलमा पराजित गरेका थिए । बेलले खेलको ६४औ मिनेटमा सुन्दर बाइस्कल किक मार्फत गोल अग्रेका थिए भने खेलको ८३औ मिनेटमा डी-बक्स बाहिर बाट हानेको बल किपरले हातबाट छोडीदिदा गोल भएको थियो ।
रियल म्याड्रिडका डानी कार्भाजल खेलको ३७औ मिनेटमा घाइते भएपछि मैदान छोडेका थिए ।
लगातार तेस्रो सिजनको च्याम्पियन्स लिग जित्दै रियल म्याड्रिडले बायर्न म्युनिखको बराबरी गरेको छ । बायर्न म्युनिखले सन १९७४, ७५ र ७६ मा लगातार तीन पटक युरोपियन च्याम्पियनसिप जितेको थियो ।
त्यस्तै रियल म्याड्रिडका म्यानेजर जिनेदिन जिदानले लगातार तेस्रो पटक जित हासिल गर्दै च्याम्पियन्स लिगको इतिहासमा लगातार तीन पटक च्याम्पियन्स लिग जित्ने पहिलो म्यानेजर बनेका छन् ।
त्यस्तै सबस्टिच्युटको रुपमा आएर च्याम्पियन्स लिगको फाइनलमा २ गोल गर्ने ग्यारेथ बेल पहिलो खेलाडी बनेका छन् ।
त्यस्तै क्रिस्टियानो रोनाल्डो च्याम्पियन्स लिगको उपाधि ५ पटक जित्ने पहिलो खेलाडी बानाका छन् । रोनाल्डोले म्यानचेस्टर युनाइटेडमा एक पटक र रियल म्याड्रिडमा ४ पटक च्याम्पियन्स लिगको उपाधि जितेका छन् ।
त्यस्तैगरी लिभरपुलका म्यानेजर जोर्गन क्लोपले म्यानेजरको रुपमा खेलेका ७ फाइनलमा ६ फाइनलमा हार बेहोरेका छन् ।