• २०८१ बैशाख १७ सोमबार

भारत र श्रीलंकाबीच खेलिएको टेस्टको पिच फिक्स गरिएको खुलासा, आसीसीद्वारा छानबिन सुरु 

kharibot

गाले मैदान, श्रीलंका, तस्बीर : क्रिकइन्फो

काठमाडौँ । अलजजीरा टिभी नेटवर्कले गत बर्ष भारत र श्रीलंकाबीच श्रीलंकाको गाले भएको टेस्ट क्रिकेटको पिच म्याच फिक्सरको इशारामा बनाइएको खुलासा गरेको छ । 

सो रिपोर्ट सार्वजनिक भएपछि आसीसीले सो घट्न को छानबिन सुरु गरेको छ ।

अलजजीराको सो रिपोर्ट अनुसार मुम्बईका एक प्रथम श्रेणी क्रिकेटर रोबिन मोरिसले सो टेस्ट अगाडी पिचमा छेडछाड गर्न मैदानका सहयोगीलाई घुस दिएको स्वीकार गरेका छन् ।

अलजजीराको सो रिपोर्ट आइतबार प्रसारित गरिने भएपनि कतार स्थित एक अनलाईनले शनिबार पोस्ट गरेको छ । गत जुलाई २६ देखि २९ सम्म गालेमा खेलिएको सो टेस्ट भारतले ३०४ रनले जितेको थियो ।

अनलाइनमा सार्वजनिक क्लिपमा मोरिसले हामीले जस्तो चाह्यो उस्तै पिच बनाउन सकिने र त्यस्तो गर्ने मैदानका मुख्य मानिस रहेको र सहायक म्यानेजर पन इरहेको उल्लेख गरेका छन् । सो बेला गाले मैदानका प्रमुख थरंगा इन्डिका थिए ।

क्रिकइन्फोका अनुसार रिपोर्टमा उल्लेख गरिएको अधिकारी मैदान प्रमुख नभएर अस्थायी कामदारका प्रमुख भएको उल्लेख गरिएको छ ।

सो रिपोर्टमा आगामी बर्ष नोभेम्बरमा सोहि मैदानमा हुने इङल्याण्ड र श्रीलंकाको टेस्टमा पनि आफुले चाहे अनुसार पिच बनाउने खुलासा गरिएको छ । सो पिचमा २०१६ मा अस्ट्रेलियाविरुद्धको टेस्टमा पनि स्पिन फ्रेन्डली पिच बनाएको दाबी गरिएको छ ।

रिपोर्ट पछि श्रीलंका क्रिकेट संघका प्रमुख र आसीसीले अनुसन्धान थालेको मिडिया रिपोर्टमा जनाइएको छ ।      
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै