• २०८१ बैशाख २६ बुधबार

बारा बजनी हत्या प्रकरण : आरोपी सार्वजनिक

kharibot

बारा । बाराको सिमरा बजनीका कृषक दम्पत्ती हत्यामा संलग्न चार जनालाई बारा प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । 

जिल्लाको सिमरा ईलाका प्रहरी कार्यालयको परिसरमा पत्रकार सम्मेलनको आगोजना गरी शुक्रवार सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेहरुमा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.२ का बर्ष ३८ को रमेश थापा , सोहि वडाका बर्ष ३४ को गोपाल बहादुर लामा , त्यस्तै वडा नं.३ को बर्ष ३४ का गुप्त बहादुर लामा र नवलपरासीको गैंडाकोटका ३३ बर्षिय अर्जुन नेपाली रहेको बाराका प्रहरी उपरिक्षक मीरा चौधीले बताए  ।

घटनाका मुख्य योजनाकार रमेश थापा रहेको र अन्य घटनाका सहयोगी भएको समेत प्रहरी उपरिक्षक चौधरीले बताए ।

गत मंसिर १६ गते राती एक बजेको समयमा जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.३ बजनी बस्ने कृषक दम्पत्ती दिपकराज सुवेदी र उनका श्रीमती दीपा सुवेदीलाई हतौंडा र रड् प्रहार गरी हत्या गरिएको थियो ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै