• २०८१ बैशाख १४ शुक्रबार

डी सिने अवार्डमा अनमोल केसी र निता ढुंगाना उत्कृष्ट

kharibot

काठमाडौं । दशौं डी सिने अवार्डमा अनमोल केसी र निता ढुंगाना उत्कृष्ट नायक नायिका घोषित भएका छन् ।

छायाछवि क्रियशनद्वारा विहीबार साँझ काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित अवार्ड समारोहमा अनमोलले फिल्म ‘कृ’बाट उत्कृष्ट नायकको अवार्ड जिते भने निताले ‘पञ्चायत’बाट अवार्ड जिटेकी छन् । 

समारोहमा बसुन्धरा भुसाललाई ‘लाइफटाइम लिजेन्डरी अवार्ड’बाट सम्मानित गरियो भने नरेन्द्र महर्जन, मौसमी मल्ल र र पत्रकार श्याम अर्याललाई सम्मान गरिएको थियो । 

विभिन्न २९ विधामा अवार्ड वितरण गरिएको समारोहमा नायक अनमोल केसी, भुवन केसी, नायिका नीता ढुंगाना, नायक पुष्प खड्का, नायिका शिल्पा पोखरेल लगायतको सहभागिता थियो।

विभिन्न २९ विधामा अवार्ड विजेता :

छायाँछवि लाईफटाइम लिजेण्ड्री अवार्ड: बसुन्धरा भुषाल
छायाँछवि चलचित्रकर्मी रजत सम्मान: नरेन्द्र महर्जन
छायाँछवि चलचित्रकर्मी रजत सम्मान: मौसमी मल्ल
छायाँछवि चलचित्र पत्रकारिता पुरस्कार: श्याम अर्याल
प्रोत्साहन अवार्ड: पुर्णेन्दु झा, संरक्षण
एनिमेशन: ग्लेज इन्टरटेन्मेन्ट, कृ
पार्श्वसंगीत: एलिश कार्की, लिलीबिली
ध्वनिमिश्रण: सुनयमान श्रेष्ठ, संरक्षण
गीतकार: धिरेन्द्र प्रेमर्षी, संरक्षण
गायिका: विन्दु परियार, मंगलम (पर्ख पर्ख)
गायक: सुगम पोखरेल, ऐश्वर्व (तिमी रोएको पल)
संगीतकार: राजनराज शिवाकोटी, दुई रुपैयाँ (कुटुमा कुटु)
नृत्य निर्देशक: कविराज गहतराज, दुई रुपैयाँ (कुटुमा कुटु)
द्वन्द्व निर्देशक: हिमाल केसी, रुद्र
बाल कलाकार: कुशाग्र भट्टराई, पिंजडा ब्याक अगेन
हाँस्यकलाकार: केदार घिमिरे, छक्का पञ्जा २
खलपात्र: प्रशान्त ताम्राकार, ऐश्वर्य
कथा: नवराज बुढाथोकी, भुइँमान्छे
पटकथा: प्रदीप भारद्वाज, लिलीबिली
संवाद: दिपेन्द्र लामा, घामपानी
नव नायीका: जसीता गुरुङ, लिलीबिली
नव नायक: सलिनमान बानियाँ, ए मेरो हजुर २
नव निर्देशक: झरना थापा, ए मेरो हजुर २
चरीत्र अभिनेत्री: मिथिला शर्मा, मंगलम
चरीत्र अभिनेता: पुष्कर गुरुङ, घामपानी
सह अभिनेत्री: बर्षा राउत, छक्का पञ्जा २
सह अभिनेता: सलोन बस्नेत, ए मेरो हजुर २
छायाँकार: पुरुषोत्तम प्रधान, कृ
सम्पादक: मित्र डी गुरुङ, मंगलम
अभिनेत्री: नीता ढुंगाना, पञ्चायत
अभिनेता: अनमोल केसी, कृ
निर्देशक: मिलन चाम्स, लिलीबिली
चलचित्र: कृ
पपुलर चलचित्र: छक्का पञ्जा २
क्रिटिक्स अवार्ड: मिलन चाम्स, चाम्स इन्टरटेन्मेन्ट, व्लाइण्ड रक्स
क्रिटिक्स अवार्ड: पुष्प खड्का, मंगलम मंगलम
क्रिटिक्स अवार्ड निर्देशक: नवल नेपाल, मंगलम
पपुलर च्वाइस अवार्ड: शत्रुगते
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै