दमौली, तनहुँ । सेती नदीले बगाएर आज एक वृद्धको मृत्यु भएको छ ।
मृत्यु हुनेमा व्यास नगरपालिका– ५ कन्टार बस्ने ७३ वर्षीय भीमबहादुर विक रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
घरबाट नुहाउन जान्छु भनी हिँडेका विकको नदीले बगाएर मृत्यु भएको हो । विकको शव बिसघरेको गुम्बा नजिकै तैरिएको अवस्थामा भेटिएको थियो ।
यसैगरी, व्यास नगरपालिका– १३ बेलवासस्थित न्यूरोघारी नजिकैबाट आज सेती नदीमा खसेर एक युवक बेपत्ता भएका छन् । बेपत्ता हुनेमा २७ वर्षीय मीनबहादुर गुरुङ रहेको प्रहरीले जनाएको छ ।
ढुँगामा बसेर बल्छी खेल्दै गरेका गुरुङ एक्कासी खसेर सेती नदीमा बेपत्ता भएका हुन् । बेपत्ता हुने ती युवकको खोजी भइरहेको छ ।