काठमाडौँ । डिजिटल भुक्तानी प्रणालीमा उल्लेखनीय भुमिका निर्बाह गर्दै आएको एन आई सी एशिया बंैक लिमिटेडले नेपाल क्लियरिङ्ग हाउस लिमिटेडसँगको सहकार्यमा रू. १ लाखसम्मको राजश्व छिटो, छरितो, सरल एवं सुबिधायुक्त रुपमा यस बैंकमा खाता रहेका ग्राहक महानुभावहरुले आफ्नो खाताबाट ई–पेमेन्ट मार्फत भुक्तानी गर्न सकिने सेवा संचालनमा ल्याएको छ ।
सो सुबिधा उपयोग गर्न बैंकका ग्राहक महानुभावहरुले एक पटकका लागि आफ्नो खाता नं. क्लियरिङ्ग हाउस को ई–पेमेन्ट सम्बन्धी वेबसाइटमा दर्ता गराई सो को फारम डाउनलोड गरी यस बैंकको कुनै पनि शाखामा गई रुजु गराउनु पर्ने र रुजु भए पश्चात रू. १ लाखसम्मको राजश्व कुनै पनि समयमा राजश्व भुक्तानी गर्न सकिने बैंकले जानकारी दिएको छ ।
सो सम्बन्धी विस्तृत विवरण नेपाल क्लियरिङ्ग हाउसको वेबसाइटबाट समेत प्राप्त गर्न सकिने छ । ग्राहक महानुभावको सुविधालाई मध्यनजर गर्दै डिजिटल भुक्तानी प्रणाली अन्र्तगत यस्ता सुविधाहरुलाई भबिष्यमा अझ थप गर्दै लैजाने बैंकले विश्वास लिएको छ ।
बैंकले हाल मुलुकभर २१६ शाखा कार्यालयहरु, २०३ एटिएम ६ वटा एक्स्टेन्सन काउण्टर एवं ८ वटा शाखारहित बैंकिङ्ग मार्फत बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ ।
बैंकको वासलातको आकार रु १५९ अर्ब भन्दा बढि पुगेको छ भने बैंकको कुल कर्जा करिब रु. ११० अर्ब र कुल निक्षेप करिब रु. १३६ अर्ब पुगिसकेको छ । हालसम्म यस बैंकमा जम्मा ग्राहकको संख्या करिब ११ लाख ५० हजार रहेको छ ।