मुम्बई । बलिवुडमा प्रेम र ब्रेकअप, विवाह र डिभोर्सका खबर सामान्य हुन् थालेका छन् । भरखरै गत साता मात्र अभिएन्त्रि सोनाम कपुर, नेहा धुपिया र गायक हिमेश रेशमिया विवाह बन्धनमा बाधिएका थिए ।
तर अभिनेता अर्जुन रामपालको विवाहिक जीवन भने संकटमा परेको छ । मिडिया रिपोर्टसका अनुसार अर्जुनले आफ्नी श्रीमती मेहर जेसियालाई छोडेर एक्लै बस्न थालेका छन् । अर्जुनका दुई छोरी माहिका र माहिरालाई पनि उनले छोडेको रिपोर्ट आएको छ ।
भारतीय मिडियाहरुले ऋतिक रोशनकी पुर्वपत्नी सुजैन खानसँग अर्जुनको हिचमिच बढेपछी उनीहरुको वैवाहिक सम्बन्धमा खटपट सुरु भएको थियो ।
ऋतिक र सुजैनको डिभोर्समा पनि अर्जुनसँगको अफयेर्स प्रमुख कारण भएको यस अघि पनि खुलासा भएको थियो । सुजैनसँगको अर्जुनको सम्बन्धपछि मेहर र अर्जुनको सम्बन्ध बिग्रेपनि दुवैले एक अर्कालाई समय दिदै सम्बन्ध सुधार गर्ने प्रयास गरेका तर सो प्रयास असफल अहिले आएर भएको बताइएको छ ।
अर्जुन रामपाल र मेहरबीच १९९८ मा विवाह भएको थियो । सन १९८६ की मिस इंडिया समेत रहेकी मेहरले आफ्ना पतिसँग मिलेर आई सी यु नामक फिल्म पनि बनाएकी थिइन् ।