• २०८१ बैशाख १७ सोमबार

ओली र प्रचण्डले वृक्षारोपण गरेपछि सुरु भयो एकता संयोजन समितिको बैठक 

kharibot

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मदन आश्रित स्मृति दिवश तथा पार्टी एकताको खुशीयालमा आज बालुवाटारमा वृक्षारोपण गरेका छन् ।

पार्टी एकता संयोजन समितिको बैठक बस्नु अघि दुवै नेताले प्रधानमन्त्री निवास बालुवाटारमा वृक्षारोपण गरेका हुन् ।

विश्वको पुरानो बनस्पति मानिने जीन्को वाइलोका प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डले एक- एक वटा विरुवा रोपेका हुन् । सो अवसरमा पार्टी एकता संयोजन समितीका अन्य नेताहरुले पनि विभिन्न फलफूल तथा जडिबुटीका विरुवा रोपेका थिए । 

यसअघि दुवै अध्यक्षले एमालेको पुरानो पार्टी कार्यालय रहेको ठाउ मदननगर बल्खुमा आयोजित मदन आश्रित स्मृति दिवशको कार्यक्रमलाई सम्बोधन गर्दै आज एकता हुन लागेकोमा खुशी व्यक्त गरेका थिए । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै