• २०८१ बैशाख १७ सोमबार

चित्तलको मासुसहित बाराबाट एक जना पक्राउ

kharibot

सिमरा, बारा । चित्तलको मासुसहित निजगढबाट आज एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्थानीय १८ वर्षीय हरिभगत धामी रहेको छ । 

आफ्नै घरमा जंगली जनावर चित्तलको मासु बिक्री गरिरहेको प्राप्त सूचनाका आधारमा इलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरी टोलीले उनलाई निजगढ–४ कछडियाटोलबाट सवा दुई किलो मासु र मासु टुक्राउन प्रयोग भएको अचानोसहित पक्राउ गरेको हो । 

पक्राउ परेका धामीलाई आवश्यक कारबाहीका लागि सेक्टर वन कार्यालय तामागढी निजगढको जिम्मा लगाइएको प्रहरी निरीक्षक दीपककुमार रायले बताए । 

पक्राउ परेका धामीको विषयमा आवश्यक अनुसन्धान भइरहेको निजगढ इलाका वन कार्यालयका प्रमुख धमेन्द्र साहले बताए । 

चित्तल मारेमा २० देखि ५० हजारसम्म जरिवाना वा ६ महिनादेखि एक वर्षसम्म कैद सजाय हुने व्यवस्था रहेको पनि प्रमुख साहले जानकारी दिए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै