• २०८१ बैशाख १७ सोमबार

महाभारतमा आमिर ‘कर्ण’ र सलमान ‘कृष्ण’ बन्ने चर्चा !

kharibot

मुम्बई । बलिवुडमा मिस्टर पर्फेक्ट भनेर चिनिने अभिनेता आमिर खानले बनाउन थालेको नयाँ फिल्म महाभारतमा कृष्ण र कर्णको भूमिका कसले निभाउछ भन्ने विषयमा अंकु चर्चा सुरु भएका छन् ।

प्राप्त पछिल्लो रिपोर्ट अनुसार आमिर खानले कृष्णको सट्टा कर्णको भूमिका निभाउन सक्ने बताइएको छ । आमिर खानले यस अघि कृष्णको भूमिका निभाउने भनिएको भए पनि अब कृष्णको भूमिका सलमान खानले निभाउने चर्चा चलेको छ । 

मिडिया रिपोर्टका अनुसार सलमानले महाभारतमा काम गर्ने इच्छा देखाएपछि आमिर खान स्वयंले सलमानलाई कृष्णको भूमिका अफर गरेको बताइएको छ । यस बारे आमिर खानको अधिकारिक धारणा भने बाहिर आएको छैन ।

बलिवुड मा २४ बर्षअघि फिल्म ‘अन्दाज अपना अपना’ मा सँगै अभिनय गरेका आमिर र सलमानले महाभारतमा सँगै काम गरे २४ बर्षपछि पर्दामा सँगै देखिने छन् ।    

आमिर खानले भने यस बर्षपछि १० बर्षसम्म यहि फिल्ममा काम गर्ने छन् । यस फिल्मलाई हरेक दुई बर्षमा एक भाग रिलिज गर्ने गरि ५ भागमा रिलिज गर्ने तयारी भैरहेको छ । यसरी फिल्मको हरेक सिरिज २ बर्षमा आउने भएकाले १० बर्षसम्म आमिरले अन्य फिल्ममा काम नगर्ने भएको बताइएको छ ।

हाल ठग्स अफ हिन्दुस्तानमा व्यस्त रहेका आमिरले चर्चित महाभारतका लागि १० बर्ष छुट्ट्याएको र ठग्स अफ हिन्दुस्तान पछि आमिर खानले कुनै फिल्म साइन गरेका पनि छैनन् ।हालै एक अन्तर्वार्तामा आमिरले आफ्नो भूमिकालाई पूर्णतया न्याय गर्न चाहेको बताउदै यसका लागि धेरै तयारी गर्नुपर्ने बताएका थिए । 

महाभारतको अहिले प्रोडक्सनको काम सुरु भइसकेको बताइएको छ । फिल्मलाई सेक्रेट सुपरस्टार निर्देशन गरेका निर्देशक अद्वैत चन्दनले निर्देशन गर्ने भएका छन् । यस फिल्ममा अमिताब बच्चन र इमरान खानको पनि महत्वपूर्ण भूमिका हुने बताइएको छ ।

हाल ठग्स अफ हिन्दुस्तानमा व्यस्त आमिरको यो फिल्म सन् २०१८ को दिपावलीमा रिलिज हुदै छ । 

विजय कृष्ण आचार्यले निर्देशन गरेको यो फिल्ममा आमिरका अलवा अमिताभ बच्चन, कट्रिना कैफ, फातिमा सना शेखले अभिनय गर्दैछन् ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै