• २०८१ बैशाख १४ शुक्रबार

जनकपुरमा राष्ट्रिय झन्डा बिगारिएको बारे केन्द्र सरकारले माग्यो स्पष्टिकरण

kharibot

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनकपुरमा राष्ट्रिय झन्डा बिगारिएकोबारे स्पष्टिकरण मागेको छ ।

मन्त्री लालबाबु पण्डितले मन्त्रीस्तरीय निर्णय गरेर झन्डाको स्वरूप बिगारेको विषयमा स्पष्टिकरण मागेका हुन् ।

स्पष्टिकरणमा भनिएको छ, ‘दुवै देशका प्रधानमन्त्रीबाट सम्बोधन गर्ने कार्यक्रममा राखिएको नेपालका राष्ट्रिय झण्डको आकार र स्वरुप नेपालको संविधानको अनुसुचीमा रहेको आकारमा नभई फरक आकार र रुपमा देखिन आएको छ । निर्धारित स्वरुपभन्दा फरक आकारमा झण्डा कसरी प्रयोग भयो ? भ्रमण व्यवस्थापनमा संलग्न कर्मचारीको हैसियतमा तपाई समेत जिम्मेवार हुने भएकाले के कसरी कसको लापरवाहीले भएको हो ? दिनभित्र स्पष्टिकरण पेश गर्नू ।’

प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीले रामायण सर्किट र जनकपुर-अयोध्या सिधा बस सेवाको उद्घाटन गर्ने कार्यक्रममा राखिएको नेपालको झन्डाको स्वरूप बिगारिएको अवस्थामा सर्वत्र मिडियामा लाइभ प्रशारण भएको थियो । 

प्रदेश सरकारका प्रमुख सचिव, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव, धनुषका प्रमुख जिल्ला अधिकारी र जनकपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतसँग स्पष्टिकरण मागिएको मन्त्रालयले जनाएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै