• २०८१ बैशाख १४ शुक्रबार

जनकपुरमा कुटनीतिक मर्यादा विपरीत काम भयो – प्रधानमन्त्री ओली 

kharibot

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसदलाई जानकारी गराएका छन् ।

संसदलाई जानकारी गराउने क्रममा प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नागरिक अभिनन्दन कार्यक्रममा कुटनीतिक मर्यादा विपरीत कार्य भएको बताएका छन् ।

ओलीले भने,‘त्यहाँ व्यक्त भएका कुरा कुटनीतिक मर्यादा विपरीत भएको हो। त्यहाँ कमजोर प्रस्तुति भयो। त्यो अनुभवको कमीले होला।’

संसदमा ओलीले त्यहाँ भएको गतिविधि हाम्रो परराष्ट्र नीति अनुसार नभएको दाबी गरेका छन् ।

जनकपुरधामको बारह विगहामा आयोजित नागरिक अभिनन्दन कार्यक्रममा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले संविधानप्रति असन्तुष्टि व्यक्त गरेका थिए। सरकारको नीतिगत विभेदका कारण मधेश पछाडि पारिएको बताएका थिए ।

जनकपुरमा शुक्रबार नागरिक अभिनन्दनका बेला स्वतन्त्र मधेसको प्ले कार्ड देखिएको, नेपालको झन्डाको आकारमा छेडछाड गरिएको र मोदीलाई गरिएको अभिनन्दनमा प्रदेश दुईका मुख्यमन्त्रीले नेपालको संबिधानको कुरा उठाएका थिए ।

प्रधानमन्त्री ओलीले भारतका केहि नेताले नेपालको अखण्डताविरुद्ध आएका अभिव्यक्तिहरुको जवाफ मोदीले दिएको भन्दै भारतको आधिकारिक धारणा के हो भन्ने कुरा मोदीको अभिव्यक्तिले प्रष्ट भएको बताए ।

भारतीय सत्तारुढ दल भारतीय जनता पार्टीका सांसद कृति आजादले जनकपुरलाई भारतमा मिसाउनु पर्छ भन्ने अभिव्यक्ति दिएका थिए ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै