• २०८१ बैशाख १५ शनिबार

झूटा समाचार र अनावश्यक प्रचारबाजी गर्ने साइटहरु फेसबुकले ब्लक गर्ने 

kharibot

अमेरिका। झूटो समाचार नियन्त्रण गर्न फेसबुकले सोमबार नयाँ कदम चालेको छ । तत्कालै लागू हुने गरी कम्पनीले तथाकथित फेक न्युजहरु बारम्बार पोष्ट गरिराख्ने बिजनेस पृष्ठहरु रोक्नेछ । 

कम्पनीका अनुसार झूटा समाचारले फेसबुक प्रयोग गर्ने मानिसहरुको विश्वास घटाउँछ । फेसबुक प्रडक्ट डाइरेक्टर रब लिदर्नका अनुसार फेक न्युजहरु बारम्बार सेयर गरिराख्ने पेजहरु रोक्ने बताएका छन् । तर फेसबुकले कतिपटक त्यस्ता न्युज सेयर गरे कम्पनीले त्यस्ता पेजहरु अस्थायी रुपमा ब्लक गर्छ भन्नेचाहिँ खुलाएको छैन भने त्यो अवधि कतिन्जेलसम्मका लागि भन्ने पनि केही भनेको छैन । 

अनावश्यक प्रचारबाजी र असत्य समाचार रोक्न फेसबुकले यसअघि देखि नै भन्दै आए पनि यो त्यसैको पहलकदमी हो । गत मे महिनामा फेसबुकले प्रयोगकर्ताले केही पोष्टहरु देख्न मिल्ने गरी न्युज फिड फिचर ल्याएको थियो भने लोक्वालिटीका वेब साइट र फल्स न्युजहरु चिन्न सकिने फिचर ल्याएको थियो । यस्ता असत्य र प्रचारबाजी वेब रोक्न फेसबुकले अघिल्लो महिनाबाटै  परिष्कृत मेसिन लर्निंग टेक्निक विकास गरेको थियो । कम्पनीले कतिपय न्युजहरुको फ्याक्ट चेक गर्न समेत सुरु गरिसकेको छ । 

सोमबारको यो पहल नौ महिनाअघिको अमेरिकी राष्ट्रपतीय चृुनावमा फेक न्युजहरु फेसबुकबाट प्रचार गरेर निर्वाचन प्रभावित गरेको भनी कम्पनीमाथि दबाब आइरहेको परिप्रेक्ष्यमा आएको छ । त्यस्तै मे महिनामा फ्रान्सको राष्ट्रपतीय चुनावको बेला पनि फेसबुकको आलोचना भएको थियो । गत जुन महिनामा त जर्मन संसद्ले सामाजिक सञ्जालमा पोष्ट भएका घृणित दुष्प्रचार, असत्य समाचारहरु हटाउन सम्बन्धित कम्पनीले २४ घण्टामा पहल नगरे जरिवाना गराउने कानुन नै बनाएको छ । 

(नोट : याहु फाइनान्सका लागि जेपी मांगालिन्डानको समाचारको भावानुवाद गरिएको हो ।)

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय