• २०८१ बैशाख १७ सोमबार

कार्ल माक्सको जन्म द्विशतवर्षिकी समारोहमा के भने कम्युनिस्ट नेताहरुले ?

kharibot

काठमाडौ । राजधानीमा जारी कार्ल माक्स जन्म द्विशतवर्षिकी समारोह तथा राष्ट्रिय गोष्ठीको उद्घाटन सत्र सम्पन्न भएको  छ । 

कार्ल मार्क्स मुल समारोह समितिको आयोजनामा बागबजार स्थित यिगम्बर पार्टी प्यालेसमा सुरु भएको कार्यक्रमलाई सम्बोधन गर्दै पुर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मार्क्स विलक्षण , दार्शनिक र क्रान्तिकारी भएको हुँदा मार्क्सलाई धर्मशास्त्रमा झैँ भगवान नसम्झि कम्युनिस्टहरुले आफ्नो अभिभावकको रुपमा लिनुपर्नेमा जोड दिए ।

पुर्वप्रधानमन्त्री माधव कुमार नेपालले सम्बोधन गर्दै बिश्वले एक महान नेता र मार्गदर्शकको रुपमा मार्क्सलाई हेरेको हुँदा त्यस्को गम्भीरताका साथ हामिले सन्सारको अनुभव लिन सकेनौ भने नयाँ चिजको खोजी गर्न नसक्ने एमालेका बताए ।

कार्यक्रममा बोल्दै एमाले नेता तथा पुर्व प्रधानमन्त्री झलनाथ खनालले अक्टोबर क्रान्ति पुजीवाद क्रान्तिको अन्त्य  र  समाजवादको सुरुवाती भएको हुँदा १९ र २० औं शताब्दी एक महान र ठूलो उथलपुथल ल्याउन सफल शताब्दी भएको अनि त्यही शताब्दीमा मार्क्सको जन्म भएको बताए ।

त्यस्तै कार्यक्रममा बोल्दै एमाले उपाध्यक्ष वामदेव गौतमले मार्क्स, जेनि र एङ्गेल्सविचको सम्बन्ध अतिनै सुमधुर रहेको भन्दै अब मार्क्स संगै एङ्गेल्स र जेनिलाई पनि अगाडि बढाउनु पर्ने आजको आवस्यकता रहेको बताए ।

आज र भोलि गरि दुई दिन संचालन हुने कार्यक्रममा बोल्ने सबैले मार्क्सको चर्चापरिचर्चा गरेका छन ।

उद्घाटन सत्र सकिएसंगै यतिबेला योगेश भट्टराईको अध्यक्षतामा बिचार सत्र चलिरहेको छ । 
 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै