• २०८१ बैशाख १४ शुक्रबार

मुद्दा स्थगित गर्ने परम्परा घटाउनुपर्छ : कामु प्रधानन्यायाधीश जोशी

kharibot

काठमाडौँ । कायम मुकायम प्रधानन्यायाधीश दीपकराज जोशीले सेवाग्राहीलाई सहज बनाउने गरी छिटो न्याय दिने व्यवस्था मिलाउन उच्च अदालत पाटनलाई निर्देशन दिएका छन् ।

कायम मुकायम प्रधानन्यायाधीशको नेतृत्व सम्हालेपछि पहिलोपटक उच्च अदालत पाटनको निरीक्षणमा कामु प्रधानन्यायाधीश जोशीले मुद्दा धेरै स्थगित गराएर सेवाग्राहीलाई असहज हुने भएकाले मुद्दालाई स्थगित गर्ने परम्परा घटाउन निर्देशन दिएका हुन् । 

छिटो छरितो न्याय सम्पादनले मात्रै सेवाग्राहीमा न्यायको अनुभूति हुने भएकाले धेरै प्रतिवादी भएका मुद्दामा फरक फरक व्यक्तिले कानुन बमोजिम स्थगित गराउँदा पनि समस्या हुने भन्दै स्थगित गर्ने परम्परा घटाउदै लैजान निर्देशन दिए । साथै कामु प्रधानन्यायाधीश जोशीले वाणिज्य इजलासलाई तोकिएका कुनै एक जना न्यायाधीशले अदालत नछाड्न पनि निर्देशन दिएका छन् ।

कामु प्रधानन्यायाधीश जोशीले फैसला लेखनशैलीलाई पनि छरितो बनाउन निर्देशन दिदै लामो फैसला लेख्नै पर्ने मानशिकताले लेखन शैली लामो हुने तर दिन खोजिएको विषय नआउने स्थिती हुन नहुने बताए ।

निरीक्षणका क्रममा उच्च अदालत पाटनका मुख्य न्यायाधीश प्रकाश ढुङ्गानाले सेवाग्राहीलाई सहज हुने गरी न्याय सम्पादनलाई र फैसला लेखनलाई जोड दिएको बताए । 

१२ हजार मुद्दाको लगत रहेको उच्च अदालत पाटनमा ७० प्रतिशत मुद्दा फछ्यौट गर्ने लक्ष्य रहेकोमा चालु आर्थिक बर्षको बैशाख १५ गतेसम्ममा ५८ प्रतिशत मुद्दा फर्छ्यौट भईसकेको उच्च अदालत पाटनका रजिष्ट्रार विमल पौडेलले बताए । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै