• २०८१ बैशाख १४ शुक्रबार

माछापुछ्रे बैंकको एमबिएल स्मार्ट बचत खातामा थप सुबिधा

kharibot

काठमाडौं । माछापुछ्रे बैंकले आकर्षक सुबिधा सहितको एमबिए स्मार्ट बचत खाता संचालनमा ल्याएको छ । 

उक्त खातामा न्युनतम पाँच हजार रुपैयाँ बचत गरी छ प्रतिशत ब्याज प्राप्त गर्न सकिने छ । उक्त खातामार्फत ग्राहकले विभिन्न स्मार्ट सुविधाहरु निःशुल्क प्राप्त गर्दै आइरहेका छन् । स्मार्ट सुविधा अन्र्तगत ग्राहकहरुले ईन्टरनेट बैकिङ्ग सुविधा, एमबिएल मोबाइल मनी, डेबिट कार्ड,क्रेडिट कार्ड, डिम्याट खाता, मेरो शेयर सुविधा, सि–आश्वा सुविधा, अन्तर शाखा कारोबार सुबिधानिःशुल्क तथा लकर सुबिधामा समेत ५० प्रतिशत छुट प्राप्त गरिरहेका छन् । 

उक्त खाता थप आर्कषक बनाउन बैंकले स्वास्थ र दुर्घटना बिमाको सुविधा समेत प्रदान गर्र्ने भएको छ, जसमा ग्राहकले पाँच लाख रुपैयासम्मको दुर्घटना बिमा, एक लाख सम्मको अस्पताल भर्ना खर्च र पाँच हजार सम्मको औषधि खर्च निःशुल्क प्राप्त गर्न सक्ने जनाएको छ । 

बैंकनै नगई इलेक्ट्रोनिक माध्यमबाटै बैंक खाता सञ्चालन गर्न ग्राहकवर्गलाई प्रोत्साहित गर्ने उद्देष्यले बैंकले स्मार्ट बचत खाता सञ्चालनमा ल्याएको हो । 

बैंकले पूर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड, र तराईसम्मआफ्ना ६४ वटा शाखाहरु, २ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत १९शाखा रहित बैकिङ्गसेवा समेत गरी जम्मा ८५ स्थानबाट ग्राहकमहानुभावहरुमा सम्पुर्ण बैंकिंग सुबिधा प्रदान गरिरहेको छ । साथै, बैंकको देशभर ८६ वटा एटीएमहरु संचालनमा रहेको छ ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै